उत्सुकको सञ्जाल :: Utsuk’s Blog Portal : : May : : 2007 Sanjaal of Utsuk
उत्सुकको सञ्जालमा तपाईलाई हार्दिक स्वागत

 मुख्य पेज   कविताहरु   नेपाली भिडीयोहरु  साथीका सञ्जालहरु नेपाली पत्रपत्रिकाहरु रेडीयो टेलिभिजन उपयोगी लिङ्कहरु कथा फोटो एल्बम
गोरखापत्र कान्तिपुर अन्नपूर्ण पोष्ट राजधानी चलचित्रहरु महानगर खोजतलास स्पेस टाइम्स् द हिमालयन टाइम्स् दकाठमाण्डौं पोष्ट

May 22, 2007

……..परदेशबाट…….


सन्चै छ आमा परदेशी छोरो

बिरानो ठाउँमा,

नरोइ बस्नु सम्झेर मलाइ

सुन्दर गाउँमा ।

कोखीको बास गरायौ मलाइ

दश महिना दुःखमा,

अमृतधारा पिलायौ मलाइ,

भोकाउँदा मुखमा ।

लगायौ मलाइ तेते र नाना

राखेर काखमा

बिसन्चो मलाइ भएमा आँसु

बगायौ आँखामा । (more…)

May 6, 2007

मेरै कुरा…..

सकिएन…..

जिन्दगीमा नौलो काम गर्न सकिएन,

जीबनसँगै बैराग चल्दा मर्न सकिएन ।।

बाउ आमाले जुराएको "टिका" मात्र भईयो,

परिश्रमले नौलो रंग भर्न सकिएन ।।

मनभित्र पिरतीको आगो दन्केपनि,

यथार्थमा प्रितीखोला तर्न सकिएन ।।

एकान्तमा दिनरात उनकै नाम जपेपनि,

थाहै नपाइ उनको दिलमा र्सन सकिएन ।।

भोक प्यासले सताएर विकराल हुदा,

उनको मनको "मिठो घाँस" चर्न सकिएन ।।

जीउ सुकाइयो, एकान्तमा केबल उनकै सम्झनामा,

सुहागमा चिम्टी सिन्दुर र्छन सकिएन….

जीवनसँगै बैराग चल्दा मर्न सकिएन ।।

(more…)

my real story

यो मेरो नितान्त व्यक्तिगत तथा वास्तविक कथा हो, यसमा काल्पनिकताको कुनै गन्ध छैन । यदि कसैलाई काल्पनिक लागेमा त्यो संयोग मात्र हुनेछ ।

 

माओबादी छापामार र जनमिलीसीया सँग मेरो केही समय……..

 

- टिकाराम गौतम "उत्सुक"

 

मलाई "माओबादी" भन्ने शब्द सुन्दै आङ सिरिङ्ग हुन्थ्यो त्यसबेला, जुनबेला म कास्की जिल्लाको धिताल गा. वि. स. स्थित वराह मा.वि. को विद्यार्थी थिएँ र भर्खर कक्षा आठमा प्रवेश गरेको थिएँ क्यारे,… एक दिन बिहानको प्रार्थना सभा सकिएर कक्षामा प्रवेस गर्दै गर्दा एकजना साथीले भन्यो- "हिजो साँझ हाम्रो गाउँमा माओबादी आएका थिए, शायद आज हाम्रो स्कुलमा आउँछन् होला, त्यस्तै कुरा गर्दैथिए…"

 

उसको कुरा सुन्ने बित्तीकै मेरो मनमा उत्सुकता र त्रास एकैचोटी देखा परे । माओबादीले प्रहरी मारे रे भन्ने खबर रेडियोमा एदाकदा सुन्ने बाहेक स्पष्ट रुपमा माओबादी को हुन् र कस्ता हुन्छन् भन्ने कुरा मलाई थाहा थिएन त्यसैले मलाई त्यो दिन प्रत्यक्ष रुपमा माओबादीलाई देख्न पाईने भो भन्ने एक किसिमको उत्सुकता त नपलाएको हैन तर त्रास यर्सथमा कि यदाकदा विद्यालय विद्यालयमा पुगेर माओवादीले विद्यार्थी अपहरण गर्छन् रे भन्ने पनि सुनेको थिएँ ।नभन्दै पहिलो पिरियडको पर्ढाई समाप्त हुँदा नहुँदै हाम्रो कक्षामा पनि तिन चार जना अपरिचीत अनुहारहरुको प्रवेस भयो, उनिहरुका थरबिनाका तर अगाडी

 

"कमरेड" प्रयोग गरिएका डरलाग्दा नाम अनि कानसम्म उर्ठाईएका कसीला मुठीसहितको परिचय कार्यक्रमको क्रममा थाहा लाग्यो कि उनिहरु पनि हामीजस्तै विद्यार्थी रहेछन्, अन्याय र अत्याचारको विरुद्ध क्रान्तिमा लागेका । उनिहरु मध्येका एकजनाले भनेको वाक्य जस्ताको तस्तै याद छ मलाई, भन्थे – "हामी माओबादी हैनौँ तर माओबादी साथीहरुलाई नैतिक रुपमा र्समर्थन गछौँ ।" मलाई लाग्यो, "उनिहरु माओबादी रहेनछन्, तर केबल र्समर्थक मात्रै…..तर साँच्चैका माओबादीचाहिँ डरलाग्दा नै हुन्छन् होला ।"त्यसपछिका दिनहरुमा उनिहरुको आगमनले निरन्तरता पाउन थाल्यो, तर पटकैपिच्छे नयाँ नयाँ अनुहार पनि देख्ािन्थे । केही समय पछिका दिनहरुमा विद्यालयको पर्खाल रंगीबिरंगी पोस्टर र नाराहरुले सिंगारीन लाग्यो । उनिहरु जुन दिन हाम्रो विद्यालयमा आउँथे त्यो दिन हाम्ाीले श्री मान गम्भिर नेपालीबाट शुरु हुने राष्ट्रिय गान गाउन त पाईने थिएन नै, साथै ज्ञात अज्ञात शहिदको नाममा एक मिनेट मौन धारण पनि गर्नु पथ्र्यो ।

 

मेरै कक्षाका दुइजना साथीहरु

 

 

 

राजनीतिको बारेमा मलाई त्यति थाहा त थिएन तरपनि सानैदेखी रुची नभएको चाहिँ हैन तर हतियारै समाउने राजनीतिमा लागीहाल्न चाहिँ म डराएँ । त्यसैमाथी म बुवाको कडा निगरानीमा थिएँ, मलाई याद छ, यसै क्रममा मेरै कक्षामा सँगै पढ्ने दुइजना साथीहरुले -राजु गौतम र मोहन दवाडी) भने कमरेड उपाधि पाएर रुकुम रोल्पा भ्रमणमा समेत सामेल भईसकेका थिए ।

 

दस दिनको रुकुम रोल्पा भ्रमणपछि साथीहरु राजु र मोहन पुनः विद्यालयमा आए , धेरैकुरा सिकेछन्, धेरैकुरा बोल्न जान्ने पनि भएछन् तर किन किन त्यसपछि ती दर्ुइजनासँग विद्यालयका सबैजना अलि डराउन थालेएकदिन जनकलाकारहरुद्वारा विद्यालय नजिकैको बजारमा प्रस्तुत गीत र नृत्य मलाई यति मन परेको थियो कि म कहिल्यै भुल्न सक्दिन । शायद पहिलो पल्ट त्यति सुन्दर नृत्य देखेर पनि होला । त्यसपछि मलाई माओबादिका मान्छे बोल्नमा मात्रै हैन नाच्न गाउनमा पनि सिपालु हुने रहेछन् जस्तो लागेको थियो ।

 

कक्षा दशमा पुग्दा नपुग्दै मोहन पर्ढाई त्यागेर साँच्चै "कमरेड" बन्न गए, तर राजुलाई भने एस. एल. सी. परिक्षाको अन्तिम दिनसम्म पनि भेटेको थिएँ, पछि भेट भएन, एकपटक सुनेको थिएँ, "उनि बन्दुक हैन बेल्चा चलाउन खाडीतिर लागे रे.."

 

कलेजका क्रान्तिकारी…..

 

२०५७ साल, मेरो कलेज यात्राको प्रथम वर्ष। पृथ्वीनारायण क्याम्पस विद्यार्थी संख्याको आधारमा पश्चिमाञ्चलको सबैभन्दा ठूलो क्याम्पस मात्र हैन सबैभन्दा बढि राजनेता उत्पादन गर्ने क्याम्पसमा पनि चर्चित थियो । मैले क्याम्पसको प्रवेशसँगै थुप्रै मिल्ने साथीहरु पनि पाएको थिएँ, जसमध्ये मेरो एकजना मिल्ने साथी थियो अनिल पौडेल । पर्वत ठुलीपोखरीदेखी भविष्य निर्माणको सपना बोकेर पोखरा झरेको अनिलको उल्लेखनिय व्यक्तित्व थियो, जतिखेरपनि हाँसेर बोल्नु त छँदैछ, मेहनती, कर्तव्यनिष्ठ पनि थियो । मान्छे सोझो भएपनि नेतृत्व क्षमता भने उसमा प्रचुर थियो । यसैले पनि होला सायद उ पनि राजनीतितर्फचाँडै नजिकियो । म आफैलाई पनि क्याम्पस प्रवेससंगै राजनैतिक कृयाकलापमा पनि नजानिँदो रुपमा संलग्न हुन पुगेको आभास भईरहेको थियो । (more…)

Get free blog up and running in minutes with Blogsome
Theme designed by Ben de Groot

 

अहिलेसम्ममा Number of visitors


पटक हिट भयो,भिजिट गर्ने सबैसाथीहरुलाई हार्दिक धन्यवाद।

अनलाइनमा हुनुहुन्छ...
Number of online users in last 3 minutes
vacation rentals