उत्सुकको सञ्जाल :: Utsuk’s Blog Portal :: my real story : : May : : 2007 Sanjaal of Utsuk
उत्सुकको सञ्जालमा तपाईलाई हार्दिक स्वागत

 मुख्य पेज   कविताहरु   नेपाली भिडीयोहरु  साथीका सञ्जालहरु नेपाली पत्रपत्रिकाहरु रेडीयो टेलिभिजन उपयोगी लिङ्कहरु कथा फोटो एल्बम
गोरखापत्र कान्तिपुर अन्नपूर्ण पोष्ट राजधानी चलचित्रहरु महानगर खोजतलास स्पेस टाइम्स् द हिमालयन टाइम्स् दकाठमाण्डौं पोष्ट

May 6, 2007

my real story

यो मेरो नितान्त व्यक्तिगत तथा वास्तविक कथा हो, यसमा काल्पनिकताको कुनै गन्ध छैन । यदि कसैलाई काल्पनिक लागेमा त्यो संयोग मात्र हुनेछ ।

 

माओबादी छापामार र जनमिलीसीया सँग मेरो केही समय……..

 

- टिकाराम गौतम "उत्सुक"

 

मलाई "माओबादी" भन्ने शब्द सुन्दै आङ सिरिङ्ग हुन्थ्यो त्यसबेला, जुनबेला म कास्की जिल्लाको धिताल गा. वि. स. स्थित वराह मा.वि. को विद्यार्थी थिएँ र भर्खर कक्षा आठमा प्रवेश गरेको थिएँ क्यारे,… एक दिन बिहानको प्रार्थना सभा सकिएर कक्षामा प्रवेस गर्दै गर्दा एकजना साथीले भन्यो- "हिजो साँझ हाम्रो गाउँमा माओबादी आएका थिए, शायद आज हाम्रो स्कुलमा आउँछन् होला, त्यस्तै कुरा गर्दैथिए…"

 

उसको कुरा सुन्ने बित्तीकै मेरो मनमा उत्सुकता र त्रास एकैचोटी देखा परे । माओबादीले प्रहरी मारे रे भन्ने खबर रेडियोमा एदाकदा सुन्ने बाहेक स्पष्ट रुपमा माओबादी को हुन् र कस्ता हुन्छन् भन्ने कुरा मलाई थाहा थिएन त्यसैले मलाई त्यो दिन प्रत्यक्ष रुपमा माओबादीलाई देख्न पाईने भो भन्ने एक किसिमको उत्सुकता त नपलाएको हैन तर त्रास यर्सथमा कि यदाकदा विद्यालय विद्यालयमा पुगेर माओवादीले विद्यार्थी अपहरण गर्छन् रे भन्ने पनि सुनेको थिएँ ।नभन्दै पहिलो पिरियडको पर्ढाई समाप्त हुँदा नहुँदै हाम्रो कक्षामा पनि तिन चार जना अपरिचीत अनुहारहरुको प्रवेस भयो, उनिहरुका थरबिनाका तर अगाडी

 

"कमरेड" प्रयोग गरिएका डरलाग्दा नाम अनि कानसम्म उर्ठाईएका कसीला मुठीसहितको परिचय कार्यक्रमको क्रममा थाहा लाग्यो कि उनिहरु पनि हामीजस्तै विद्यार्थी रहेछन्, अन्याय र अत्याचारको विरुद्ध क्रान्तिमा लागेका । उनिहरु मध्येका एकजनाले भनेको वाक्य जस्ताको तस्तै याद छ मलाई, भन्थे – "हामी माओबादी हैनौँ तर माओबादी साथीहरुलाई नैतिक रुपमा र्समर्थन गछौँ ।" मलाई लाग्यो, "उनिहरु माओबादी रहेनछन्, तर केबल र्समर्थक मात्रै…..तर साँच्चैका माओबादीचाहिँ डरलाग्दा नै हुन्छन् होला ।"त्यसपछिका दिनहरुमा उनिहरुको आगमनले निरन्तरता पाउन थाल्यो, तर पटकैपिच्छे नयाँ नयाँ अनुहार पनि देख्ािन्थे । केही समय पछिका दिनहरुमा विद्यालयको पर्खाल रंगीबिरंगी पोस्टर र नाराहरुले सिंगारीन लाग्यो । उनिहरु जुन दिन हाम्रो विद्यालयमा आउँथे त्यो दिन हाम्ाीले श्री मान गम्भिर नेपालीबाट शुरु हुने राष्ट्रिय गान गाउन त पाईने थिएन नै, साथै ज्ञात अज्ञात शहिदको नाममा एक मिनेट मौन धारण पनि गर्नु पथ्र्यो ।

 

मेरै कक्षाका दुइजना साथीहरु

 

 

 

राजनीतिको बारेमा मलाई त्यति थाहा त थिएन तरपनि सानैदेखी रुची नभएको चाहिँ हैन तर हतियारै समाउने राजनीतिमा लागीहाल्न चाहिँ म डराएँ । त्यसैमाथी म बुवाको कडा निगरानीमा थिएँ, मलाई याद छ, यसै क्रममा मेरै कक्षामा सँगै पढ्ने दुइजना साथीहरुले -राजु गौतम र मोहन दवाडी) भने कमरेड उपाधि पाएर रुकुम रोल्पा भ्रमणमा समेत सामेल भईसकेका थिए ।

 

दस दिनको रुकुम रोल्पा भ्रमणपछि साथीहरु राजु र मोहन पुनः विद्यालयमा आए , धेरैकुरा सिकेछन्, धेरैकुरा बोल्न जान्ने पनि भएछन् तर किन किन त्यसपछि ती दर्ुइजनासँग विद्यालयका सबैजना अलि डराउन थालेएकदिन जनकलाकारहरुद्वारा विद्यालय नजिकैको बजारमा प्रस्तुत गीत र नृत्य मलाई यति मन परेको थियो कि म कहिल्यै भुल्न सक्दिन । शायद पहिलो पल्ट त्यति सुन्दर नृत्य देखेर पनि होला । त्यसपछि मलाई माओबादिका मान्छे बोल्नमा मात्रै हैन नाच्न गाउनमा पनि सिपालु हुने रहेछन् जस्तो लागेको थियो ।

 

कक्षा दशमा पुग्दा नपुग्दै मोहन पर्ढाई त्यागेर साँच्चै "कमरेड" बन्न गए, तर राजुलाई भने एस. एल. सी. परिक्षाको अन्तिम दिनसम्म पनि भेटेको थिएँ, पछि भेट भएन, एकपटक सुनेको थिएँ, "उनि बन्दुक हैन बेल्चा चलाउन खाडीतिर लागे रे.."

 

कलेजका क्रान्तिकारी…..

 

२०५७ साल, मेरो कलेज यात्राको प्रथम वर्ष। पृथ्वीनारायण क्याम्पस विद्यार्थी संख्याको आधारमा पश्चिमाञ्चलको सबैभन्दा ठूलो क्याम्पस मात्र हैन सबैभन्दा बढि राजनेता उत्पादन गर्ने क्याम्पसमा पनि चर्चित थियो । मैले क्याम्पसको प्रवेशसँगै थुप्रै मिल्ने साथीहरु पनि पाएको थिएँ, जसमध्ये मेरो एकजना मिल्ने साथी थियो अनिल पौडेल । पर्वत ठुलीपोखरीदेखी भविष्य निर्माणको सपना बोकेर पोखरा झरेको अनिलको उल्लेखनिय व्यक्तित्व थियो, जतिखेरपनि हाँसेर बोल्नु त छँदैछ, मेहनती, कर्तव्यनिष्ठ पनि थियो । मान्छे सोझो भएपनि नेतृत्व क्षमता भने उसमा प्रचुर थियो । यसैले पनि होला सायद उ पनि राजनीतितर्फचाँडै नजिकियो । म आफैलाई पनि क्याम्पस प्रवेससंगै राजनैतिक कृयाकलापमा पनि नजानिँदो रुपमा संलग्न हुन पुगेको आभास भईरहेको थियो । त्यो वर्षस्व. वि.यु. निर्वाचनको वर्षपनि थियो, त्यसैले पनि मलाई मात्र हैन सारा कलेजको वातावरण नै राजनितीमय भएको अवस्थामा म मात्र कसरी अछुतो हुन सक्थेँ र एमाले समर्थित अनेरास्ववियुले सुरुका दिनदेखी नै पकड जमाएको क्याम्पस रहेछ पि.एन. क्याम्पस, विस्तार विस्तार अनिल र म पनि एमाले समर्थित अखिलका कार्यक्रमतिर सहभागी हुन थाल्यौँ । पहिले देखीनै म स्व. क. मदन भन्डारीको व्यक्तित्व अनि नयाँ नेपालको लागी जनताको बहुदलिय जनबादको विचारधाराबाट एकदमै प्रभावित थिएँ, त्यस्तै स्व. क. मनमोहन अधिकारी पनि मेरा प्रिय नेता हुनुहुन्थ्यो, हुन सक्छ म एमाले अखिलतर्फनजिकिनुको एउटा कारण त्यो पनि थियो । कलेजमा चाहिँ मलाई अति नै मन परेको विद्यार्थी नेता हुनुहुन्थ्यो प्रकास न्यौपाने खासमा वहाँको वाकपटुतायुक्त भाषणशैली । जब कुनै राजनैतिक सभामा वहाँको बोल्ने क्रम आउँथ्यो, तब म मन्त्रमुग्ध भएर वहाँको "भाषण" सुन्न पुग्थें । मेरा त्यतिबेलाका राजनितीक साथीहरु थिए..नारायण गीरी, रस्मि आचार्य, अनिल पौडेल आदी…..नारायण गीरी तथा रस्मि आचार्य त निर्वाचनमा स्व. वि. यु. सदस्यको उम्मेदवार समेत हुने मौका पाए । चुनावको मिती नजिकीदै गर्दा मेरा प्ा्रिय विद्यार्थीनेता प्रकाश न्यौपानेको प्रेस विज्ञप्ती आयो । विज्ञप्तीमा वहाँले एमाले अखिलभित्रको खिचातानीको विरोध गर्दै आफुले पनि समूह परित्याग गरी अनेरास्ववियु -क्रान्तिकारी) मा प्रवेश गरेको घोषणा गर्नुभएको थियो । त्यसको भोलिपल्ट अनेरास्ववियु -क्रान्तिकारी) ले पनि विज्ञप्ती प्रकाशित गरी वहाँलाई स्वागत गर्‍यो । यो अवस्थामा म दोधार हुँदैगर्दा पनि आफ्ना प्रिय नेताको प्रवेशसँगै अनेरास्ववियु -क्रान्तिकारी) तर्फनजिकिन पुगेँ । हुनत म जुन संगठनमा रहेपनि पर्ढाईनै छाडेर अनि दिलो ज्यानै दिएर राजनीतिमा लाग्नेवाला त म थिईन, तैपनि आश्थाको मात्र कुरा थियो । मलाई लाग्थ्यो म जन्मजातै कम्युनिष्ट हँु त्यसैले अरु जे भएपनि गैर कम्युनिष्ट चाहिँ हुन्न । त्यसपछि मेरा पुराना साथीहरु म सँग टाढा हुने र नयाँ साथीहुरु नजिकिने क्रम बढ्न थाल्यो तर अनिललाई चाहिँ मैले क्रान्तिकारीमा नै लाग्न आग्रह गरेँ किनभने उ मेरो मिल्ने साथी थियो । हुनत उ मेरो साथी भएर पनि मेरो लागी संगठन छोड्न तयार त भएन तरपनि हाम्रो मित्रता भने प्रगाढ नै रहृयो, नयाँ साथीहरुमा प्रकास थापा, भविश्वर पराजुली -रामप्रसाद) विजय ढकाल आदी प्रभावसाली विद्यार्थी नेताहरुपनि हुनुहुन्थ्यो । विडम्वना केही दिनपछि पुनः प्रकास न्यौपानेजीको वक्तव्य आयो जसअनुसार संगठन परित्याग गरी क्रान्किारीमा गएर वहाँले भुल गरेको र क्षमायाचना सहित पुनः पुरानो संगठनमा फर्किन चाहनुहुन्थ्यो । वहाँको यो वक्तव्यपछि वहाँ चारैतिरबाट आलोचित बन्नुपर्‍यो । तर मलाई भने फेरी एमाले अखिलमा र्फकन मन लागेन । हुनपनि म प्रकास न्यौपानेको अन्धभक्त भएकै कारण एमाले अखिल छाडेको चाहिँ पक्कै थिईन, एमाले अखिल भित्रका नाताबाद र कृपाबाद अनि अलिकती गाँठ हुने साथै मात्रृ पार्टर्ीी नेताको पहुँच हुने व्यक्ति मात्रै अगाडी आउने प्रथा मलाई पनि मन परेको थिएन । "विद्यार्थीहरु परिवर्तनका सम्बाहक मात्र हैनन्, ब्रि्रोहका बन्दुक पनि हुन् ।" भन्ने दृष्टान्तबाट अभ्रि्रेरित अनेरास्ववियु -क्रान्तिकारी)को अग्रगमनका लागी ब्रि्रोह र परिवर्तनका खातीर जस्तो मूल्य चुकाउनुपरेपनि आन्दोलनबाट बिचलित नहुने रणनीति नै मलाई सबैभन्दा मन परेको विषय थियो । चुनाव भयो मतगणनाको परिणामअनुसार एमाले अखिलको "जीत" भयो तरपनि अनेरास्ववियु -क्रान्तिकारी) को पक्षमा पनि अन्य समुहको तुलनामा निकै बढि मत खसेको थियो । विविध कारणबस मैले क्याम्पसको पर्ढाईलाई अल्पविराम दिनु पर्‍यो साथै विद्यार्थी राजनीतिबाट पनि । तरपनि अनिलसँग भने यदाकदा भेट भईरहन्थ्यो । पछिल्लो भेट विन्ध्यवासीनी मन्दिरनिर हँुदा उसँग सँगै बसेर खाजा खाई छुट्टीएको थिएँ

 

माओबादीको माया

 

केही समय पछि नै देशको राजनितीले नयाँ मोड लियो । राजदरबार हत्याकाण्डपछि झन स्थिती अर्कै भयो भने मुलुकमा संकटकाल लागेपछि त बयानै गरीसाध्यनै नहुने गरी तहस नहस भयो नेपालको स्थिती । माओबादीहरुलाई त खुल्ला राजनिती गर्न बन्द भयो नै र्सबसाधारणले पनि सास्ती खेप्नुपर्‍यो । तरपनि जनक्रान्तिको आगो त्यत्तिकै निभ्नेवाला त पक्कै थिएन । माओबादीद्धारा हाम्रो गा. वि. स. मा पनि भौतिक कारबाही भयो एकजनाको दुबै खुट्टा भाँचेर । भूमीगत जीवनका क्रान्तिकारी साथीहरुसँग मेरो त्यति भेट हुने अवसर पनि मिलेन । पर्ढाई पुरा गर्न पनि नसकेको अनि रोजगारी पनि नभेटेकोले म गाउँकै कुटो कोदालोमा दिन बिताईरहेको थिएँ । फलस्वरुप राजनैतिक समाचारमा चासो राखेपनि प्रत्यक्ष संलग्नताबाट चाहिँ ओझेल नै परेको थिएँ

 

२०६० सालको असोज महिनाको अन्त्यतिरको समय, बारीमा कोदो पाकेको थियो, बिहानको खाना खाईसकेपछि हामी बारीमा गयौँ । आमा कोदो टिप्दै हुनुहुन्थ्यो, म कोदोको नल काटीरहेको थिएँ । अकस्मात मैले बारीबाटै देखेँ हाम्रो घरको आँगनमा केही नौला अनि अपरिचित अनुहार । एकछिनपछि घरमा पुग्यौँ, त्यहाँ हाम्रै गा.वि.स. बाट ने. क. पा. माओबादीमा भूमीगत भएका राजेन्द्र गुरुङ्ग अनि अन्य ४ जना महिला जसमध्ये एउटी करीब १२ /१३ वर्षी जस्ती लाग्ने किसोरी, एउटी अधबैँसे महिला, एउटी अविवाहित जस्तै लाग्ने युवती अनि एउटी अर्कि महिला, -जसको साथमा एउटा बच्चो पनि थियो) थिए । पर्ूवपरिचित राजेन्द्र दाईलाई देख्ने बित्तिकै वहाँसँग आएका साथीहरु पनि माओबादी नै हुन् भन्ने त लाग्ोको थियो, पछि राजेन्द्र दाईले उनिहरु पनि माओबादी भएको जानकारी दिँदै सबैजना भोकै भएकोले खानपानको व्यबस्था गर्नुपर्‍यो भन्नुभएपछि झनै स्पष्ट भयो उनिहरु सबैजना माओबादी रहेछन् ।

 

खानपानकै क्रममा परिचय भयो, उनीहरु क्रमशः क. समिक्षा, क. मीना, क. नम्रता, अनि क. ममता रहेछन् । क. ममता गौतम हुनुहुँदो रहेछ, त्यो थाहा भएपछि मैले वहाँलाई "भाउजु" भनेँ । वहाँको बारेमा धेरै कुरा सोधेँ, वहाँको श्रीमानको बारेमा पनि सोधेँ, वहाँ पनि सँगसँगै भूमीगत जीवनमै हुनुहुन्छ भन्नेकुरा वहाँबाटै थाहा पाएँ । क. नम्रता बिरामी रहिछन्, मेरी आमाले खुबै हेरविचार गर्नुभयो । अर्कि कमरेड थिईन् समिक्षा । मलाई उनको उमेर सोध्न मनलाग्यो, रहिछन् जम्मा १३ वर्षी । सात कक्षामा पढ्दा पढ्दै सरकारी दमन सहन नसकेर बाध्यताबस माओबादीमा लाग्नुपरेको । क. मीना हुनुहुन्थ्यो अर्कि कमरेड वहाँले चाहिँ व्यक्तिगत कुरा त्यति बताउन चाहनुभएन । दर्ुइचार दिन उनीहरु हाम्रो घरमा बस्दा म क. ममता भाउजुको बच्चोसँग खुबै खेलेँ । किनभने मलाई बच्चा सँग खेल्न खुबै मन लाग्छ । उसका कोमल साना हातले मेरा दुबै कान पक्रेर मेरो लामो नाक उसका दाँतै नउम्रेको मुखभित्र हुलेर टोक्ने प्रयास गथ्र्यो यसो गर्दा मलाई एक किसिमको अनौठो आनन्दको अनुभुति हुन्थ्यो । भवानी भिक्षुको "मेरो सानो साथी" को याद मलाई त्यो बच्चोले दिलायो । बच्चो आँफू त मायालाग्दो थियो नै साथै मलाई पनि माया गर्न थाल्यो, उसले पनि आफ्ना भर्खरै उम्रेका साना साना नङले जथाभावी कोपरेर खेल्न खुबै मनपरायो, त्यसैले होला मलाई देखेपछि मम्मीको काखबाट पनि हामफालेर आईपुग्थ्यो । कति निस्वार्थता हुन्छ बच्चामा, कति निर्दोसता । त्यो अवोध बालकलाई के थाहा, कि उ एउटा आतंककारी घोषित माओबादीको रगत हो र उसको पछाडी खतराको खाडल छ भन्ने – त्यसैले बच्चो निसंकोच हाँस्थ्यो खेल्थ्यो, डराउँथे उसका "ड्याडी,मम्मी" तर उ डराएको मैले कहिल्यै देखीन, कति निडरता – मैले उसको नाम "भयंकर" राखीदिएँ । केहीदिन वहाँहरु हाम्रो घरमा बसेपछि पार्टर्ीीे काममा कताकता जानुभयो तर मलाई त्यो बच्चोसँग खेलेर किन किन धितै मरेन । तरपनि ममता भाउजु पनि हाम्रो गाउँमा आउनुभएको समयमा हाम्रो घरमा पस्नुहुन्थ्यो, पार्टर्ीीे काममा कहिले कता कहिले कता जानुपरेपनि समय समयमा आईरहनुहुन्थ्यो, आवत जावत हँुदै गरेपछि त झनै वहाँलाई अझै बढि आफन्त जस्तो लाग्न थाल्यो, वहाँले पनि हामीलाइृ माया गर्नुहुन्थ्यो, विस्वास पनि गर्नुहुन्थ्यो । वहाँहरु भूमीगत भएकोले हामीजस्तो खुला रुपमा हिड्न वहाँहरुलाई अप्ठेरो थियो त्यसैले बजारबाट अत्यावस्यक सामान ल्याउनुपरेमा पनि म सहयोग गरिदिन्थेँ । दशैँको समय, केही दिनको लागी युद्धबिराम त भयो, तर वहाँहरु र्सार्वजनिक हुनुभएन । उहाँहरुले पनि त्यो सालको दशैँ हाम्रै गाउँमा मनाउनुभयो, दशैँ मनाउन आएको समयमा थुप्रै छापामारहरुसँग पनि भेट भयो । साथै दामोदर गौतम -क. संग्राम) सँग पनि जो त्यो मलाई मनपर्ने फुच्चेको बाबा हुनुहुन्थ्यो । यसरी त्यो समयमा मेरो "माओबादी" सँगको संगत अलि बढि नै भयो ।

 

कार्तिकको समय एकदिन बिहानको धानकाट्ने मेलोबाट आएर खाना खाईसकेपछि यसो पारीलो घाम तापेर आँगनमा बसेको थिएँ, अकस्मात अनिलको आगमन भयो । त्यहि अनिल मेरो कलेजको साथी । दर्ुइ वर्षछि एक्कासी उसलाई मेरो घरमा पाउँदा खुसी र आर्श्चर्य दुबै लाग्यो । म अनायासै अनिल…भन्दै उसँग अंकमाल गर्न पुगेँ, यहि क्रममा उसको कम्मरमा केही कडा वस्तु रहेको आभास भयो मलाई । सोधेँ- "ग्रिनेट" रहेछ । झस्केँ, डर लाग्यो उसको छेउमा बस्न । पछि दिनभरी एकान्तमा गएर उसँग कुराकानी गरेँ । उसले कलेज छाडेपछि पोखराको एक होस्टेलमा होस्टल टिचर भएदेखी माओबादीमा प्रवेश गरेसम्मका सबै कुरा बतायो ।

 

व्यस्त हुन्थ्यो उ, तरपनि कहिले काहीँ आएको समयमा मलाई भेट्न चाहन्थ्यो । मान्छे रमाईलो थियो, सबैसँग मिठो बोल्थ्यो, त्यसैले पहिले पहिले माओबादी भनेर सबै डराएपनि पछि हाम्रो गाउँमा सबैले मन पराउन थाले उसलाई । तर अरुसँग उ मेरो साथी भन्न चाहिँ डर लाग्थ्यो ।

 

समय समयमा विभिन्न हतियारसहित आउने साथीहरुले आफ्ना हतियारको परिचय पनि दिन्थे । ग्रिनेट पड्काउन त मलाई अनिलले सिकाईसकेको थियो । पछि वेबारीसे अवस्थामा भेटिएको एउटा ग्रिनेट मैले परीक्षण गर्न पड्काएको पनि थिएँ ।

 

पछिका दिनहरुमा माओबादीहरुको आगमन अलि बढि नै भयो । राम्रा नराम्रा मान्छे त जुन क्षेत्रमा पनि हुन्छन् , तरपनि कतिपय माओबादी साथीहरुले मलाई पनि आफुहरुसँगै माओबादीमा लाग्न जबरजस्ती कर पनि गर्नुहुन्थ्यो । कतिपय कुरामा मेरो वहाँहरुसँग सधैँ विमती रहन्थ्यो, किनभने मलाई हत्या अनि हिंसाको राजनीतिको कारण हजारौं नेपाली दाजुभाई एक-आपसमा काटाकाट गरेको त मन परेको त थिएन नै त्यसैमाथी माओबादीले गरेको भौतिक संरचना माथीको आक्रमणको पनि म सँधै विरोध गर्थें । ठिक छ, भोली माओवादीको सरकार आउला रे, अनि त्यो बेला गाडी चाहिँदैनन् – भवन चाहिँदैनन् - कि राष्ट्रपति निवास पनि रुकुम रोल्पाकै जंगलमा हुन्छ – अहिले सबै तोडफोड र बिनास गरेपछि भोली कसरी निर्माण हुन्छन् – पुलहरु बम हानेर भत्काउने, मोबाईलका टावरहरु क्षत्रि्रस्त बनाउने, अनि देशमा आमुल परिवर्तन चाहिँ कसरी हुन्छ – कि माओबादीसँग जादुको छडि छ – मैले यस्ता प्रश्न गर्दा उहाँहरु मसँग खुब रीसाउनुहुन्थ्यो । यदाकदा सहयोग गरेको व्यक्ति भएर मात्रै, नत्र म पनि जनकारबाहीमा पर्थें रे । क. ज्वाला, क. जीबन म सँग अलि बढि नै बिवाद गर्नुहुन्थ्यो । मलाई जबरजस्ती भएपनि माओबादीमा लाने कुरा गर्नुहुन्थ्यो । क. ज्वाला एउटै कक्षामा नभएपनि एउटै विद्यालयमा पढेको साथी थियो, एक रात जाडोले कठ्याङ्ग्रीएर मेरो घरमा आउँदा मैले माओबादीको दृष्टिले हैन मानवताको नाताले बास बसाएँ, सायद उसले यसलाई मेरो कमजोरी ठान्यो र मलाई एकदिन धम्कीको भाषामा माओबादीमा नलागे नराम्रो हुने कुरा पनि गर्‍यो ।

 

तर अनिलले चाहिँ मलाई कहिल्यै माओबादीमा जाउँ भनेन, एकदिन गफगाफको क्रममा भनेको थियो, – "भिर, पैरो, खोला, नाला, जंगल, पहाड केही नभनी हिंड्नु पर्छ , कहिले भोकभोकै जंगलमै रात बिताउनर्ुपर्छ । त्यो बेला तँ जस्तो साथी सँगै भइदिए कस्तो हुन्थ्यो होला जस्तो त लाग्छ, तर तेरो घरको हालत देख्दा चाहिँ हामीसँग जाउँ भन्नै सक्दिन ।" मलाई उसको यस्तो कुरा सुन्दा एकदमै नरमाइलो लाग्यो । हातखुट्टा भरी काँडाले कोतरेका डामैडाम थिए, मान्छे दुब्लाएर हाडछाला भईसकेको थियो, मलाई उसको यो हालत देख्दा चिन्ता लाग्थ्यो, उसको अनुहारमा हर्ेर्थें, त्यहँा

 

चिन्ता थिएन, चमक थियो, आँखामा सुनौलो भविष्यको सुन्दर सपना थियो अनि एककिसिमको जोस थियो ।

 

केही दिनपछि दामोदर गौतम -क. संग्राम) र क. ममता सँग भेट भयो । सुरक्षित हुने देखेर हो कि आफन्त जस्तै लागेर वहाँहरु हाम्रो गाउँमा बास बस्नुपरेमा हाम्रो घरमा आउनुहुन्थ्यो । म पुनः भयंकर सँग खेल्न पाएँ । माओबादीको जिल्ला स्तरिय मिटिङ रहेछ, क. इन्द्रजीत लगाएत पार्टर्ीी जिल्लास्तरीय नेताहरु प्नि आएका रहेछन् । राती बाह्र एक बजेसम्म बसेर गुनगुन गर्दै खै के के निर्ण्र्ाागरे, त्यो त थाहा हुने कुरा भएन । तर भोलीपल्ट सबैजना लाखापाखा लागे । क. संग्राम पनि साँच्चै संग्राममा नै जाने जस्तो जोसका साथ बिदा हुन लाग्नुभएको थियो । ममता भाउजुको अनुहार कान्तिशुन्य देखिन्थ्यो । वहाँ केहीदिन पार्टर्ीीे निर्देशनअनुरुप हाम्रै गाउँमा बस्नुपर्ने भयो रे । श्रीमानसँग छुट्टीनु परेर हो कि किन हो वहाँको अनुहार निन्याउरो थियो ।

 

हाम्रो गाउँभन्दा माथी तिप्लेरुम भन्ने ठाउँ छ, जंगलको छेउमा एक्लो घर, हतपती कोही नजाने, कोही गएपनि टाढैबाट देखिने । नेपाली सेना -तत्कालीन शाहीसेना) नै आएपनि जंगलमा भाग्न सजिलो । पार्टर्ीी वहाँलाई त्यो घरमा केहीदिन बस्ने आदेश दिएको रहेछ, त्यसैले मैले वहाँलाई त्यो घरसम्म पुर्‍याइदिएँ । तर त्यो घरमा दुहुनु नभएकोले हरेकदिनजसो बच्चालाई दुध लिएर म त्यो घरमा जान्थेँ ।

 

तीनचारदिनपछि एउटा समाचार आयो, – "माओबादीद्धारा कास्कीको ,लेखनाथ न.पा. स्थित डाँडाकोनाक चौकीमा आक्रमण, सात प्रहरीको वीरगती, थुप्रै र्घाईते । माओबादीतर्फदर्ुइको मृत्यु ।" घटनामा मृत्युहुने सबै प्रहरीको पहिचान र सनाखत भईसकेपनि माओबादीहरु चाहिँ को को मारिए भन्ने निश्चित भईसकेको थिएन । ममता भाउजुभने एउटा अज्ञात त्रासले विक्षिप्त हुन थाल्नुभएको थियो । लौन बाबु, दाईपनि त्यहि डाँडाको नाकको चौकी आक्रमणकै लागी जानुभएको थियो, कतै……वहाँको अनुहारका भय मिश्रीत पिडा छचल्कीरहेको थियो । "दाई त्यहाँ जानुभएको थियो भन्दैमा दाईलाई नै केही हुन्छ भन्ने के ग्यारेन्टि छ – अरु कोही परेका पनि त हुन सक्छन्" मैले वहाँलाई सम्झाउने प्रयास त गरेँ तर वहाँ गएको दिनदेखी केही खबर नआएकोले पनि अति नै चिन्तीत हुनुहुन्थ्यो । नारीको मन न हो आखिर जति कठोर संगठनमा भएपनि मन पनि त्यस्तै कठोर कहाँ हुन्थ्यो र –

 

केही दिनपछि सत्य कुरा आयो । डाँडाको नाक घटनामा शहिद हुने दर्ुइमध्ये एक क.संग्राम -दामोदर दाई) नै हुनुहुँदो रहेछ, ममता भाउजु बेस्सरी रुनुभयो । मैले सम्झाउने प्रयास त गरेँ तर म सँगपनि सम्झाउने कुनै शब्द नै थिएन । आफ्नो सबैभन्दा नजिकको अनि आफुलाई सबैभन्दा माया गर्ने मान्छे गुमाउनुपर्दाको पिडा शायद असैहृय नै हुन्छ । त्यो बेला सरकारको आँखामा एउटा आतंककारी मरेको थियो, माओबादीको आँखामा एउटा होनहार योद्धा शहिद भएको थियो तर ममता भाउजुले आफ्नो पति गुमाउनुभएको थियो । मलाई पनि साह्रै दुःख लाग्यो । त्यो बच्चो आफ्नो बाबु नचिन्दै टुहुरो भयो ।

 

केही समयपछि , माघ महिनाको एकदिन, अघिल्लो साँझ गाउँको युवा क्लबको मिटीङ पछि साथीको घरमा सुत्न गएको थिएँ । बिहानपनि क्लबको बारेमा केही छलफल गरी आठबजे तिर घरमा आईपुगेँ । आमा अनि भाई निन्याउरो मुख लगाएर बसीरहेका रहेछन् । मैले के भो भनेर सोध्न नपाउँदै मेरो सानो भाई जिबनले भन्यो बिहान आर्मी आएर दाजीलाई पिटे । म अकस्मात मेरो भाईलाई झम्टीन पुगेँ, उसलाई के भो भनेर सोधेँ । उसले निन्याउरो मुख लगाएर रुन्चे स्वरमा बिहान सरकारी सेना आएर बिनाकारण उसलाई मरणासन्न हुने गरी पिटेको कुरा बतायो । भाईको आँखामा टल्पलाएका आँसु देख्दा मलाई पनि साह्रै नराम्रो लाग्यो, मेरा आँखाबाट पनि अनायासै आँसु छल्कीन थाले । घरभित्र पसेँ, एउटा सामान ठाउँमा थिएन सब यत्रतत्र छरीएका, आमा पनि थरथर काँपीरहनुभएको, मेरो कोठामा पसेँ । मलाई सपना देखेजस्तै भयो । हिजो हाम्रो घरमा माओबादी सुतेका रहेछन् , बिहान हाम्रो घर नजिकैबाट उनिहरु पक्राउ परेपछि सेनाले हाम्रो घरमा पनि खानतलासी लिएको रहेछ । पक्राउ पर्ने क. ज्वालाले सेनासँग के भने कुन्नी सेनाले मेरै नाम लिएर मेरो घर तलासी गरेका रहेछन् । मेरो भाईलाई बेसरी पीटेछन् अनि आमालाई पनि कन्चटमा बन्दुक ताकेर थर्काएछन् । त्यसैले आमा पनि होसहवास गुमाएझैँ हुनुभएको रहेछ । सबै डर्राई रहेका रहेछन् । केही हुँदैन भनेर सम्झाउने प्रयास त गरेँ , तर म आँफै पनि भित्र भित्र डर्राई रहेको थिएँ ।

 

त्यो दिन गाउँ सबै आतंकित थियो, क. ज्वाला र फुच्ची क. समीक्षा पक्राउ परेछन् , कोही भाग्न पनि सफल भएछन् । मलाई अकस्मात ममता भाउजुको याद आयो । तिप्लेरुम पुगेँ । वहाँ बच्चोलाई हर्ेर्दिनु है भनेर जंगलतिर भाग्नु भएछ । सेना आएको थाहा पाएर लुक्न जानुभएको होला भरे आईहाल्नुहुन्छ नि भनेर बस्यौँ । तर रात पर्दासम्म पनि वहाँ आउनुभएन । बच्चोलाई फुल्याउन पनि धेरै गाह्रो भयो । भोली पल्ट जंगलतिर खोज्न पनि गयौँ , तर वहाँ भेटिनु भएन ।

 

भ्ाउजु नभेटिएपछि भयंकरलाई फकाउन गाह्रो भयो । आमाको दुध खान खोजेर साह्रै रुन थाल्यो । दिनभरी आर्मीहरु पनि गस्ती गरीरहेका थिए । एउटा बच्चा सहितकी माओबादी आईमाईको खोजी गरीरहेका उनिहरुले भयंकरलाई चिनेको खण्डमा स्थिती भयानक हुन सक्थ्यो । त्यसैले एकजना अन्टीलाई कोही अपरिचीतले सोधेछन् भने यो मेरो छोरा हो भन्नु भनेर वहाँलाई दियौँ । किनकि वहाँकी सानी छोरी दुध खाईरहने भएकोले त्यसलाइ पनि दुध ख्वाउन सजिलो हुन्छ भन्ने हामिलाइ लाग्यो ।

 

दुइदिनपछि…..

 

मेरी आमा अझै डरले काँपीरहनु भएको थियो । आमा मात्र हैन हामी सबै त्रसित थियौँ । किनकी आर्मीले हाम्रो घरमा विषेश खानतलासी गरेको थियो । भाइ पनि अझैसम्म निन्याउरो थियो । आमाले मलाई सम्झाउँदै भन्नुभयो, यी माओबादीहरुलाई साथी नबना बाबु , साथीमात्र हुन् भन्दा पनि ज्यानको जोखिम । आमाको भनाइमा एक किसीमको त्रास अनि छोराप्रतिको ममता झल्कीन्थ्यो । तरपनि साथीको साइनो नै चँुडाउने सल्लाह किन दिनुभयो, त्यो चाहिँ मलाई थाहा भएन । मैले अनायासै भन्न पुगेछु - "मान्छे हुन् माया लाग्छ, तपाइले पनि त बिरामी नम्रतालाइ आफ्नै घरको परिवार जस्तै खुबै हेरचाह गर्नुभयो नि, किन -" आमा केही बोल्नुभएन तर मलाइ आमालाइ यस्तो नभन्नु पर्ने, किन भनेँ जस्तो लागी रहृयो ।

 

अर्को दिन साँझपख अकस्मात ममता भाउजु हाम्रो आँगनमा देखा पर्नुभयो । वहाँलाइ देखेर खुसी र आर्श्चर्य दुबै लाग्यो । वहाँको आगमनमा खुसी लाग्नु त स्वभाविक नै थियो, तर वहाँको हातगोडामा रक्ताम्य हुनेगरी काँढाले कोतरीएका डामैडाम, ठाउँठाउमा च्यात्तीएका कपडा अनि उमंग उडी फुङ्ग भएको अनुहारसहीत तीनदिनपछि एक्कासी वहाँलाई हाम्रो घरमा देख्दा भने मेरो मनमा कसरी यस्तो भयो – वहाँ कहाँ कहाँ जानुभयो, जंगलमा के खानुभयो जस्ता विविध प्रश्नहरु आउन थाले । वहाँ त्यहाँबाट भागेर जंगलभित्र पस्नुभएछ, बनमा दाउरा घाँस काट्न गएका मानिसहरुबाट समेत त्रसित भएर भाग्दा भाग्दै अनकण्टार ठाउँमा पुग्नुभएछ । जंगलको बिचमा, बाटो बिराउनु भएछ , रात पर्दै गएपछि बच्चाको पीर अनि भोकले प्यासले समेत सताउन थालेपछि जता पायो त्यतै हिँडेपछि एकठाउँमा त पक्कै जंगल सकिएर बस्ती भेटीएला भन्दै रातभरी पनि हिड्नुभएछ । जुनको मधुरो उज्यालो अनि रुखको छायाँ परेको ठाउँको अँध्यारोबाट लड्दै पड्दै रातभरी हिड्दा शरीरभरी घाउ चोट लाग्न पुगेछन् । पागलझैँ भौँतारीदा भोलीपल्ट बल्ल मानव बस्ती -लाहाचोक भन्ने ठाउँ) पहिल्याउनु भएछ ।

 

मलाई वहाँको यो कारुणीक कहानी सुन्दा नरमाईलो लाग्यो, मैले त आत्मर्समर्पण गरेर आफ्नो घरमा गई आनन्दसँग बस्नोस् भन्ने सल्लाह दिन चाहन्थेँ । तर मलाई थाहा थियो एक त वहाँले मर्नुपरेपनि आत्मर्समर्पण गर्नुहुनेथिएन, दोश्रो आत्मर्समर्पण गर्नेलाई वहाँको पार्टर्ीी कारबाही गर्ने सम्भावना पनि उत्तिकै थियो । तर मलाइ भने सानो बच्चा काखी च्यापेर, कहिले उसको पनि माया मारेर यसरी भूमीगत भएको चाहिँ मलाई पटक्कै मन परेन ।

 

मैले वहाँको घरठेगाना सोधेर वहाँको घरमा पनि पुगेँ । घरमा बुढा हुनुभएका बुवा आमा हुनुहँुदोरहेछ । छोराको मृत्युले आक्रान्त बुवा आमा पिडित त थिए नै साथै अपरिचीत मानिस घरमा जाँदा त्रसित पनि भए । मैले आफ्नो स्पष्ट परिचय सहित सबै बेलीविस्तार लगाएपछि बल्ल उहाँहरु मसँग खुलेर कुरा गर्न लाग्नुभयो । चार छोरा मध्ये जेठो प्रहरीमा, माईलो र्साईलो स्वव्यवसायमा र कान्छो छोरा माओबादीमा लागेका रहेछन् । एउटै आमाका सन्तान दुस्मन बनेर तैँले सके तँैले मैले सकेे मैले भनी एक अर्कालाई मार्न तम्सेको कुन आमालाइ चित्त बुझथ्यो र- आँखाभरी आसु पारेर बुहारी र नातीको हालखबर सोध्नुभयो । खाटा बस्न लागेको घाउ कोट्याउँदा हुने पिडा बुवाको अनुहारमा प्रस्ट झल्कीन्थ्यो । हामीले छोरा त गुमायौँ तरपनि नातीको मुख हेरेर चित्त बुझाउँथ्यौँ, त्यो धोका पनि बुहारीले पुरा हुन दिइन । वहाँको गुनासो थियो । डाँडाको नाक आक्रमणको क्रममा घाइते भएका क. संग्राम -दामोदर गौतम) लाइ छटपर्टाईरहेको अबस्थामा प्रहरीले भेटेपछि घोर अमानविय व्यवहार गरेको कुरा पनि सुन्नमा आयो । पानी पानी भनेर छटपटाएको अवस्थामा ला.. तँलाइ पानी भनेर मुखमा पिसाब फेरीदिएको, अनि अज्ञात स्थलतर्फघिसार्दै लगेपछि वहाँलाई बेपत्ता पारीएको रहेछ । वहाँको मृत शरीर समेत हालसम्म फेला नपारेको तथा पटक पटक प्रहरी कार्यालयमा जाँदा समेत उल्टै उहाँमाथी नै दर्ुर्व्यवहार हुने गरेको रहेछ । प्रहरीको यो क्रुर अमानविय व्यवहारको बारेमा सुनेपछि मलाई प्रहरी प्रती झनै वितृष्णा जागेर आयो । मानवता भित्रको दानवताको पराकाष्ठाको उपमा दिन मन लाग्यो ।

 

त्यतिले मात्र नपुगेका रक्तपिपासुहरु पटक पटक वहाँहरुको घरमा आएर वहाँहरुलाई समेत थर्काउने र दुःख दिने गर्दा रहेछन् । शायद त्यसकारण पनि हुनसक्छ बुवाआमा एकदमै त्रस्त देखिनुहुन्यो । छोराको बारेमा कुरा गरीरहँदा आँखाभरी डबडब गरेका आँसुका ढिकाहरु देख्दा मलाई पनि नरमाइलो महसुस भइरहेको थियो । उहाँहरुलाई सम्झाउन खोजेँ, उहाँहरुको करुण हृदयको छिनेको तार जोड्न सक्ने सामर्थ्य ममा थिएन, किनभने, मेरा आँखा नै अनायासै रर्साईरहेका थिए ।

 

त्यो परीवारसँग मेरो त्यसअघि कुनै पारिवारीक नाता थिएन । चिनजान पनि थिएन । तैपनि म त्यहाँ आउने जाने गर्न थालेँ, खबर आदान प्रदान पनि हुन्थ्यो र हामी भावनात्मक रुपमा नजिक पनि भएको आभास ।

 

माओबादीको भातृ संगठनमा मेरो प्रवेश

 

जसोतसो समयका सिँढीहरु चढिरहेको थिएँ । देशको स्थिती झन झन विकराल बन्दै गईरहेको थियो । माओबादीलाई मात्र हैन माओबादीलाई सहयोग गर्नेलाई समेत आतंककारीको संज्ञा दिने निर्ण्र्ाासरकाले गरेको थियो । यो अवस्थामा जतिसक्दो आफूलाई तटस्थताको स्थानमा राख्ने भरमग्दुर प्रयासमा थिएँ म । यस्तैमा एकदिन राजेन्द्र दाई -क. प्रकास) को आगमन भयो । कुराकानीको क्रममा मैले भनेँ, जनताको निम्ती हुने जनयुद्धमा हाम्रो नैतिक र्समर्थन त हुने नै भयो, तर पहिलेजस्तो खुला रुपमा सहयोग गर्न हामी सक्दैनौँ । त्यसबेला वहाँले भन्नुभएको थियो, "अब छिटै नै जनयुद्धले अन्तिम रुप लिनेछ, त्यो बेलाको युद्ध भेलमा कि वारी कि पारी लाग्नेको अस्तित्व रहनेछ । तटस्थहरुको नाम इतिहासबाटै हराउनेछ । त्यसकारण हामी गाउँ गाउँ टोल टोलबाट मोर्चा बनाएर अन्तिम युद्धको निम्ती जुट्नर्ुपर्छ ।" त्यसपछि हरेक पेशाका मानिसहरुलाई विभिन्न पेशागत संगठनमा आवद्ध गर्ने काम भयो । शिक्षक, विद्यार्थी, कृषक आदी सबैका सांगठनिक मोर्चा बनाउने काम भयो । जस क्रममा म पनि क. मामा तथा क. काका -वहाँहरुको वास्तविक नाम थाहा हुन सकेन) को संयोजकत्मा निर्मीत युथ कम्युनिष्ट लिग ९थ्।ऋ।ी।० मा प्रवेश गरेँ, जुनदिन मेरो नाम परर्ीवर्तन गरी भूमीगत नाम विज्ञान राखी "कमरेड" उपाधि समेत प्रदान गरियो ।

 

संगठनमा प्रवेश गरेपछि र सांगठनिक सपथ ग्रहण गरेपछि पार्टिको निर्देशन अनुरुप काम गर्नर्ुपर्छ भन्ने त मलाई थाहा थियो तर त्यस दिन राती १२ बजे सपथ ग्रहण गर्ने समयमा नै मैले जिल्ला स्तरीय नेताहरुसँग स्पष्ट रुपमा भनेको थिएँ कि, "म घरमा बसेर गर्ने काम र सहयोग पार्टर्ीीई गर्न तयार छु , तर बन्दुकै बोकेर बन पस्ने मेरो चाहना छैन ।" यसमा वहाँहरुले पनि र्समर्थन जनाउनुभएको थियो

 

माओबादीको जनकारबाही ः

 

मंसिर महिनाको एकदिन साँझपख घरमा बसीरहेको अवस्थामा मेरो सानो भाईले एउटा सानो चिठि जस्तो लाग्ने कागजको टुक्रा ल्याएर दियो, जसमा पठाउने क. प्रकास र पाउने क. विज्ञान लेखिएको थियो । खोलेर हेरेँ, राजेन्द्र दाईको हस्ताक्षरको पत्र थियो, जसमा लेखीएको थियो – क. विज्ञान जी, अभिवादन । आज राती करीब नौ बजेदेखी साढे नौ बजेसम्ममा बजे कमिटीका सेक्रेटरीसहित र सम्पर्ूण्ा मेम्बरहरु एकएकवटा बोरा सहित ठाँटीको चौतारामा आउनुहोला, बाँकी भेटमा ।

 

पत्र पढिसकेपछि मनमा विविध शंका उपशंका उत्पन्न हुनु त स्वभाविकै थियो । रातीको समयमा त्यो पनि बोरा सहीत उपस्थित हुन भनिएको छ, कतै बोरामा बालुवा भरेर त्यसकै आडमा कतै आक्रामक बन्दुक चलाउनु पर्ने त हैन – अथवा अपहरणमा पो परिने हो की जस्तो पनि लाग्यो । जे भएपनि मैले जाने निर्ण्र्ाागरेँ र साथीहरुलाई खबर गरेँ । साथीहरु कोही सुन्नासाथ आफै बिरामी हुनुभयो, कोहीका श्रीमति बिरामी हुनुभयो । आखिरमा जाने आँट गर्ने दुइजना मात्र भयौँ । मलाई एक किसीमको उत्सुकता र एक किसीमको नजानिँदो त्रासले पनि सताएको थियो । बाँचीयो भने एउटा नयाँ अनुभव हुन्छ भन्ने लाग्यो । आमालाई त म यसरी जाँदैछु भन्यो भने पक्कै जान दिनुहुन्न भन्ने सोचेर खाना खाईसकेपछि आमासँग आमा मलाई आज अलि थकाइ लागेको छ म सुत्न जान्छु है भनेर निस्केँ र कोठामा गएर एकैछिन आराम गरेँ, बत्ती निभाएँ, आमाले अब चाहिँ छोरा सुत्यो भन्ने सोच्नु भयोहोला भन्ने सोचेर एउटा हातमा र्टच र एउटा हातमा बोरा लिएर बिस्तारै बाहिर निस्केँ । कमिटीकै एकजना मेम्बर र म साढे नौ बजेतिर भनिएको चौतारोमा पुग्दा त्यहाँ थुप्रै परिचीत तथा अपरिचीत अनुहारहरुसँग भेट भयो । सबैका हातमा एक एक वटा बोरा तथा नाम्ला थिए । मलाई उत्सुकता लाग्यो, क. प्रकाशसँग सोधेँ – "हामीलाई किन बोलाउनुभएको -" "किन हतारिएको एकछिनमा सबैकुरा थाहा भईहाल्छ नि !" वहाँले पनि शुरुमा केही बताउनुभएन । कोही कमरेडहरु- "साला….गाडी पनि आएन यार…." भन्दै हुनुहुन्थ्यो । लाग्यो, हामीलाइ पनि गाडीमा राखेर कतै टाढा लगिदैछ ।

 

केही बेरपछि एउटा जिप आयो, हामी करीब २०-२५ जना जती थियौँ, सबैजना जिपमा चढ्यौँ र हामीलाई त्यहाँबाट करीब एक डेढ कि.मी. टाढा लगियो । नयाँपुल भन्ने ठाउँमा जिपबाट झरेपछि हामी पैदल लाग्यौँ छिमेकी गा. वि. स. रीभानतर्फ। करीब आधा घण्टाको पैदल यात्रापछि रीभान गा. वि.स.को वडा नं. चारमा पर्ने आनन्दठाँटी भन्ने ठाउँमा पुगीयो । त्यहाँको चौरमा सानो मिटीङजस्तो बसेपछि हामीलाई कार्यक्रमको बारेमा जानकारी भयो । त्यस गाउँको एकजना भलादमीले माओबादी कार्यकर्ताहरुलाई गीरफ्तार गर्न सुराकी गरेपछि उनी भागेर पोखरा गई बसोबास गर्दै आएपनि गाउँमा भएको घरखेत चाहिँ कसैको जिम्मा लगाएर छाडेका रहेछन् । उनको कारबाही स्वरुप उनको भकारीमा भएको धान जफत गर्ने योजना रहेछ त्यो दिनको, जसमा हामी पनि सरीक हुन पुग्यौँ । रातीको समयमा कसैको घर कब्जामा लिएर उसको घरमा भएको धानलाई गीरफ्तार गर्ने क्रममा पुनः अर्को अप्रिय घटना पनि घट्न सक्थ्यो । साथीहरुसँग हतियारको नाममा पाँच सातवटा ग्रीनेट र तीन चारवटा थोत्रा पिस्तोल बाहेक केही थिएनन् । कारबाहीको क्रममा कुनै दुबिधा भए पार्सवर्डको प्रयोग गर्नुपर्ने रहेछ , हामीलाई पनि त्यो दिनको पार्सवर्ड प्राप्त भयो ।

 

क्रमशः……..

1 Comment »

The URI to TrackBack this entry is: http://utsuk.blogsome.com/2007/05/06/my-real-story/trackback/

  1. DHANYABAD GAUTAM YAUTAI CAST RAHECHA.

    Comment by ANUBHAV GAUTAM — June 22, 2007 @ 12:13 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Get free blog up and running in minutes with Blogsome
Theme designed by Ben de Groot

 

अहिलेसम्ममा Number of visitors


पटक हिट भयो,भिजिट गर्ने सबैसाथीहरुलाई हार्दिक धन्यवाद।

अनलाइनमा हुनुहुन्छ...
Number of online users in last 3 minutes
vacation rentals