उत्सुकको सञ्जाल :: Utsuk’s Blog Portal :: ……..परदेशबाट……. : : May : : 2007 Sanjaal of Utsuk
उत्सुकको सञ्जालमा तपाईलाई हार्दिक स्वागत

 मुख्य पेज   कविताहरु   नेपाली भिडीयोहरु  साथीका सञ्जालहरु नेपाली पत्रपत्रिकाहरु रेडीयो टेलिभिजन उपयोगी लिङ्कहरु कथा फोटो एल्बम
गोरखापत्र कान्तिपुर अन्नपूर्ण पोष्ट राजधानी चलचित्रहरु महानगर खोजतलास स्पेस टाइम्स् द हिमालयन टाइम्स् दकाठमाण्डौं पोष्ट

May 22, 2007

……..परदेशबाट…….


सन्चै छ आमा परदेशी छोरो

बिरानो ठाउँमा,

नरोइ बस्नु सम्झेर मलाइ

सुन्दर गाउँमा ।

कोखीको बास गरायौ मलाइ

दश महिना दुःखमा,

अमृतधारा पिलायौ मलाइ,

भोकाउँदा मुखमा ।

लगायौ मलाइ तेते र नाना

राखेर काखमा

बिसन्चो मलाइ भएमा आँसु

बगायौ आँखामा ।

हिँडायौ मलाइ थिर थिर गर्दै

हातको आडले,

मलाइ मिठो ख्वाएर आँफू,

पेट भर्‍यौ माडले ।

साहुको धन मुटुको किला,

बेचेर तिलहरी ।

पठायौ स्कूल साँचेर मिठो,

सपना मनभरी ।

पढेर ठूलै प्रगती गर्ला,

छोराले भनेर ।

राखिनौ पेवा, थैलीको दुमु ,

सब दियौ गनेर ।

भाग्यको खेला, कर्मको लेखा

म पढ्न सकिन ।

आमाको रहर पुर्‍याउने बाटो

म बढ्न सकिन ।

हिड्दैछु अहिले बिरानो बनी,

परदेशी माटोमा ।

फूलको बहार छाडेर लागेँ,

काँडाको बाटोमा ।

तैपनि आमा हजुरको आशिष

लाग्दैछ मलाइ,

अरुको राम्रो सोच्नेलाइ गर्छ,

दैबले भलाइ ।

- "उत्सुक"

जेठ- ९ -२०६४

3 Comments »

The URI to TrackBack this entry is: http://utsuk.blogsome.com/2007/05/22/p100/trackback/

  1. fancy

    Comment by hemant — February 19, 2008 @ 1:34 pm

  2. nice

    Comment by hemant — February 19, 2008 @ 1:35 pm

  3. nice

    Comment by hemant — February 19, 2008 @ 1:36 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Get free blog up and running in minutes with Blogsome
Theme designed by Ben de Groot

 

अहिलेसम्ममा Number of visitors


पटक हिट भयो,भिजिट गर्ने सबैसाथीहरुलाई हार्दिक धन्यवाद।

अनलाइनमा हुनुहुन्छ...
Number of online users in last 3 minutes
vacation rentals