उत्सुकको सञ्जाल :: Utsuk’s Blog Portal :: Fun Sanjaal of Utsuk
उत्सुकको सञ्जालमा तपाईलाई हार्दिक स्वागत

 मुख्य पेज   कविताहरु   नेपाली भिडीयोहरु  साथीका सञ्जालहरु नेपाली पत्रपत्रिकाहरु रेडीयो टेलिभिजन उपयोगी लिङ्कहरु कथा फोटो एल्बम
गोरखापत्र कान्तिपुर अन्नपूर्ण पोष्ट राजधानी चलचित्रहरु महानगर खोजतलास स्पेस टाइम्स् द हिमालयन टाइम्स् दकाठमाण्डौं पोष्ट

 

टामटुम पुराण

-टिकाराम गौतम "उत्सुक"

यहाँ धेरैले धेरै लेखे, धेरैले धेरै देखे, तर जसले जे देखेपनि र जतिले जे लेखेपनि महत्वपर्ूण्ा अनि अहिले सबैले व्यबहारमा समेत उतारी रहेको कुरा लेख्नतर्फभने कसैको ध्यान नपुगेको हो कि - त्यसैले मलाई टामटुम पुराण लेख्न मन लाग्यो । अठार पुराण लेख्ने व्यास बाजेले नसम्झेको, उन्नाईसौँ पुराण -भुँडी पुराण) लेख्ने भैरब अर्यालको भकुण्डे खप्परमा नघुसेको टामटुम पुराण तँ मुला झयासलाई कसरी फुर्‍यो - भन्नुहोला तर साक्षात सरस्वती माताको सोझो दृष्टि परेपछि पकलन्ठुले त "पोएम" लेख्छ, बुद्धुप्रसादले त बुद्धिचानक फलाक्छ भने म त कनिकुथी कखरा पढ्दै मावली घरको माम खाएर मेट्रीक गर्ने मापाको पो त ! अनि टिकारामले टामटुम पुराण लेख्नु कुन आठौँ आर्श्चर्यको कुरा भयो र - किन - अरु गतिला पुराण लेख्ने सुद्धि आएन तेरो भन्नुहोला, गतिला कुरा फुर्न गतिला गुरु को संगत गर्नु पर्‍यो, गतिला गुरु एक त भेट्नै गाह्रो कोही यसो भेटिईहालेछन् भने पनि उही टामटुम गरे टारीहाले, त्यसै हो र टामटुम पुराण भट्याउन लागेको -........

बाँकी.......

 

चोरी

   -टिकाराम गौतम "उत्सुक"

मलाइ पनि दुइ चार कुरा

कोर्न मन लाग्छ ।

साथीहरु सामु मुख

फोर्न मन लाग्छ ।

सबैको नाम पत्रिकामा

जोड तोडले छापिईदा,

रहर लाग्छ, दुइचार पाना

भोर्न मन लाग्छ ।

घण्टौं बस्छु लेख्न भनि

भुटिभाङ् केही आउँदैन,

रहर पुरा गर्नलाई

चोर्न मन लाग्छ ।

साँच्चैँ मैले त्यहि मेरो पत्रिकामा नाम छाप्ने रहर पुरा गर्न चन्द्रशेखर चुप्प लागेको बेला चाल पाएर चार लाइन कविता त चोरेको हुँ , मैले के त्यस्तो घोर पाप काम गरेँ र - यहाँ कसले के चोरेको छैन - मुरलीधर मुखिया मुग्लान गएको मौका पारेर मुसुन्द्रीले मुजेत्रो भरी मुला चोरीन की - कास्मीरे कान्छो कतार जाँदा खन्तरे खत्रीले चरीकोटे चना चामचुम पारेन कि - जिम्माल बाको जेथा देखेर जन्तरे जैसीले जेठी छोरी जिब्ट्याएन कि - यहाँ नखोतलेर मात्र नत्र सबैले केही न केही चोरेकै छन् । ठेगानसिंह ठाकुरले ठुल्दाइका गोठको गुरे गोरु फुकाएन कि -चुमप्रसाद चँदराले चरीकोटे काजीको चाँदीको चम्चा चोरेर चुटाइ खाएन कि- यहाँ स्याल दरबार देखी सिंहदरबार सम्म कसैले न कसैले केही न केही अबस्य चोरेकै छ । कसैले रासन चोरेको छ त कसैले भाषण, कसैले धन चोरेको छ त कसैले मन । फरक यत्ति हो, कसैले सुटुक्क चोरेको होला, कसैले देखादेख । कसैले नदेख्नेगरी नुन चोरेहोलान् तर कतिले खुलमखुल्ला खुन चोरेका हुनसक्छन् ।

उट्पट्याङ उपाध्यायले उपल्लाघरे उर्मिलाको उधुम मच्चाउँदा कसैले चासो राखेन, बिरबहादुर बिखर्चीले बिष्णुमाया बिष्टको बिस्तरा बिगार्दा कसैले वास्ता गरेन, सन्तबीर सिंखडाको सानो कुरामा यत्रो सकसक - कुरै गरौं न, सुन्दरेले सुन चोर्‍यो, नन्देले नुन चोर्‍यो, र त कसैले एक शब्द आँ गरेन, यहाँ हिसाबै राख्ने हो भने चोर्ने र चोरीनेहरुको गन्ती गरेर साध्य नै छैन, नोकरीनन्द नेउपानेले हिमलाल हाकिमको हैकमै चोरे, रमाकान्त रौनियारले रमिताप्रसाद रिमालको रकमै चोरे, सिकुटीलालले सिद्रा चोरेको सबैले देख्छन् , निरुताले निखीलको निद्रा चोरेको कसैले देख्दैन । बिनोदबहादुर बिस्टले बीउ चोर्‍यो, घिन्ताङप्रसाद घिमिरेले घिउ चोर्‍यो, धनबहादुर धिक्कारीको त धान मात्र चोरीयो तर जाजरकोट जैसीथरकी जमुना जमरकट्टेलको त जोबानै चोरीयो बनबहादुर बाँनियाका बारीको बयरको बोटै हरायो कलकत्ते कार्कीका कान्छा काकाको कालो कोटै हरायो खोई पत्तो -नाटकलाल नेताले जनार्दनानन्द जनताको जखामी जनआन्दोलनको आस चोरे फकिरानन्द फोरमले र्सवसाधारणनारायण र्सवहारको शान्तिको सास चोरे त्यतिमात्र कहाँ हो र - लालबहादुर लठ्ठकले लक्ष्मीलाल लिम्बुको लिस्नाको लौका चोर्‍यो, माधवप्रसाद मधेसीले आन्दोलन आचार्यको मौका चोर्‍यो, नुन चोर्नेसँग भन्दा कानुन चोर्ने सँग सजग हुनुपर्छ, यहाँ खानको लागी आटो चोर्नेसँग भन्दा एकमुठी भएपनि माटो चोर्नेसँग होसियार हुनुपर्छ । फल चोर्नेले केही बिगार्दैन, बोटै चोर्नेसँग र्सतर्क हुनुपर्छ, नोट चोरी भएमा फेरी कमाइएला होसीयार साथीहरु संबिधान सभाको चुनाबको हल्ला छ, भोट चोर्ने संग साबधान हुनुपर्छ ।

सन्तबीर सिंखडा

साउदी

 

अहिलेसम्ममा Number of visitors


पटक हिट भयो,भिजिट गर्ने सबैसाथीहरुलाई हार्दिक धन्यवाद।

अनलाइनमा हुनुहुन्छ...
Number of online users in last 3 minutes
vacation rentals