उत्सुकको सञ्जाल :: Utsuk’s Blog Portal :: jyotish Sanjaal of Utsuk
उत्सुकको सञ्जालमा तपाईलाई हार्दिक स्वागत

 मुख्य पेज   कविताहरु   नेपाली भिडीयोहरु  साथीका सञ्जालहरु नेपाली पत्रपत्रिकाहरु रेडीयो टेलिभिजन उपयोगी लिङ्कहरु कथा फोटो एल्बम
गोरखापत्र कान्तिपुर अन्नपूर्ण पोष्ट राजधानी चलचित्रहरु महानगर खोजतलास स्पेस टाइम्स् द हिमालयन टाइम्स् दकाठमाण्डौं पोष्ट

संविधानसभा चुनावमा के हुने ?

काठमाडौँ । त्रिशुलबाबाले असारमा प्रलय हुने भविष्यवाणी गरेको कुरा सेलाउन नपाउँदै अर्का ज्योतिष  डा एस सिटौला (आचार्य कैवल्यानन्द ) ले संविधानसभाको चुनाव मंसिर ६ मा नहुने ठोकुवा गर्नु भएको छ । डा सिटौलाले संविधानसभाको तिथि मंसिर ६ गतेको दिन मेष राशीमा चन्द्रमा र आश्विणी नक्षेत्र परेको कारण ठूलै झगडा र खुनखराबा हुने बताउनुभयो । उहाँले भन्नुभयो अश्विणी स्वामी केतु शिर नभएको ग्रह हो । त्यस्तै मेषको चन्द्रमालाई रातो चन्द्रमा भनिन्छ । रातो चन्द्रमालाई झगडा र मारकाटको रूपमा फलित ज्योतिषले उद्घोष गर्दछ । त्यसैले पनि संविधानसभाको चुनाव मंसिर ६ गतेको दिनलाई तोकिनु खगोलीय ग्रहको हिसाबले सन्तोषजनक मानिँदैन । उक्त दिन चुनाव भएमा देशले निकास पाउँदैन । त्यसैगरी २०६४ साउनमा विश्वघष्र पक्ष परेको हुनाले पनि देशमा ठूलो झगडा र हत्या हिंसाको योग छ । विश्वमा भएका ठूलाठूला युद्धहरू रामायण, महाभारत पनि विश्वघष्र पक्ष परेका बेलामा भएका थिए ।

वैदिक कालगणनासिद्धान्तको ज्ञानको आवश्यकता

प्रमोदवर्धन कौण्डिन्न्यायन  शास्त्र भनेको मानिसलाई उसको स्वाभाविक आहारन्रि्रादि पशुसाधारण प्रवृत्तिबाट उद्धार गरी परमकल्याणकारी महान् उद्देश्यप्रति अभिमुख गर्राई व्यापक पर्रि्रेक्ष्यमा उचित र आवश्यक प्रवृत्तिमा आरूढ हुने बाटो देखाउने तत्त्व हो । यस्तो शास्त्र भनेको मुख्य रूपमा वेदशास्त्र हो । वेदशास्त्रले मानवमा उक्त प्रवृत्तिको विकास गर्ने पद्धति देखाएको छ । यसैका निम्ति संस्कारहरूको तथा यज्ञहरूको र यज्ञका अनुकल्प व्रतहरूको व्याख्या पनि गरिएको छ ।
वेदशास्त्र अपौरुषेय हुनाले पुरुषदोषरहित मानिन्छ । यसमा पुरुषमा पाइने अज्ञान, काम, क्रोध, लोभ, मोह, मद, मार्त्र्सय इत्यादि दोषहरूको प्रभाव कत्ति पनि परेको छैन भन्ने सुदर्ीघकालदेखि स्थापित मान्यता छ । मीमांसा शास्त्रमा जैमिनि, शबरस्वामी, कुमारिलभट्ट इत्यादि अचार्यहरूबाट उक्त विषयमा विस्तृत विवेचना गरिएको पाइन्छ । हाम्रा आँखा, कान इत्यादि इन्द्रियबाट र अनुमान इत्यादि साधारण प्रमाणहरूबाट हामीलाई छोटो कालको, सानो क्षेत्रको र स्थूल विषयको मात्र ज्ञान हुन सक्तछ । किन्तु वेदले धर्मका र मोक्षका सम्बन्धमा अनादि अनन्त काल, अनन्त देश र अतिसूक्ष्म कुराको पनि हामीलाई ज्ञान गराउँछन् । यही महनीय वेदज्ञान उपलब्ध गर्ने स्रोत गुरु भएकाले नै वैदिक परम्परामा गुरुको विशिष्ट स्थान रहेको देखिन्छ ।
शब्दराशिरूप यस वेदशास्त्रमा कसैले छलछाम गरेर थपघट, संशोधन, परिवर्तन गर्न नसक्ने व्यवस्था गरिएको छ । त्यसैले वेदशास्त्रलाई गुरुशिष्यपरम्पराद्वारा अध्ययन-अध्यापन गर्ने परम्परा रहेकाले कसैले पनि थपघट, परिवर्तन गर्न नसकेको देखिन्छ । त्यसैले ऋग्, यजु, साम र अथर्व चारै वेदका कतिपय शाखाहरू मूल रूपमा नै आज पनि उपलब्ध छन् र स्मृति पुराणहरूमा जस्तो यो कुरा पछि थपिएको हो कि भन्ने शङ्का लिनपर्ने स्थिति वेदमा रहेको छैन । वेद पढाउने आचार्यहरूले वेदलाई पनि परिवर्तन गरेर पढाउन सक्छन् कि त - भन्ने प्रश्नमा पनि आजभन्दा कम्तीमा पनि तेह्र सय वर्षअघिका मानिने ठूला मीमांसक कुमारिल भट्टले विचार गरेका छन् । वेद एउटा आचार्यले मात्र पढाउने नभई धेरै आचार्यहरूले पढाउने हुँदा कुनै आचार्यले परिवर्तन गरेमा पनि अन्य आचार्यका अध्येताहरूले मूलरूप देखाइहाल्छन् भनेर कसैले पनि त्यस्तो आँट गर्न सक्ने स्थिति हुँदैन भन्ने उनले निष्कर्षदिएका छन् । -तन्त्रवार्तिक १/३/२४) ।
वेदको स्वरूपको एक मात्रा पनि फरक नपारी रक्षा गरेर त्यसबाट समुचित काम लिन भनेर नै वेद विशिष्ट अधिकारीले मात्र पढाउने र पढ्ने, गुरुमुखबाट नै पढ्नुपर्ने, स्वरसमेत मिलाएर पढ्नुपर्ने, कठोर नियमको पालन गरेर पढ्नर्ुपर्ने, पदपाठ र क्रमपाठसमेत पढ्नुपर्ने, ऋग्वेदका ऋचाहरूको विशेष रक्षाका लागि क्रमजटा, क्रमशिखा, क्रमदण्ड, क्रमलेखा, क्रममाला, क्रमध्वज, क्रमरथ, क्रमघनसमेत पढ्ने व्यवस्था छ । क्रमजटाप्रभृतिको स्वरूप र पठनपाठन रीति जटिल भएकाले यस लेखमा तिनको परिचय दिन संभव भएन । जिज्ञासुले कौण्डिन्न्यायनशिक्षा  शिवराज आचार्य कौण्डिन्न्यायन, स्वाद्ध्यायशाला,२०४९) इत्यादि ग्रन्थको अध्ययनबाट तिनको परिचय प्राप्त गर्न सकिन्छ ।
वेदशास्त्रका उपर्युक्त असाधारण विशेषताहरूलाई ध्यानमा राखी मनुस्मृति-याज्ञवल्क्यस्मृति इत्यादि स्मृतिका रचयिताहरूले पनि धार्मिक, सामाजिक, आर्थिक, राष्ट्रनीतिक इत्यादि सम्पर्ूण्ा व्यवस्थाहरू वेदका आधारमा र तद्नुकूल रूपमा नै गनर्ुृपर्छ भन्ने सिद्धान्त मानेका छन् । त्यसैले उनीहरूले वेदानुसार नै उक्त विषयसम्बन्धी व्यवस्था पनि गरेका छन् र आफूले बताएका सबै कुरालाई वेदमूलक भनेका पनि छन् । पुराण, रामायण, महाभारत, गीता इत्यादि शास्त्रहरूमा पनि वेदको शाश्वतता तथा महत्त्व गाइएको छ र पुराण-रामायणादि ग्रन्थको महत्त्व देखाउनु पर्दा ती ग्रन्थलाई वेदतुल्य भनिएको छ ।र्
धर्मका र आध्यात्मज्ञानका विषयमा वेदमा विहित कुराहरू नै र्सवथा कर्तव्य हुन् भन्ने कुरामा स्मृति पुराण-रामायण-महाभारत इत्यादि ग्रन्थ एकमत छन् । स्मृति पुराण-रामायण-महाभारतहरूमा बताइएका कुराहरूमा पनि वेदमा विहित उक्त, सूचित, आकाङ्क्षित कुराहरूको र वेदका अनुकूल तथा अविरोधी कुराहरू मात्र धर्मका र अध्यात्मज्ञानका सम्बन्धमा मान्य हुन्छन् , अरू मान्य हुँदैनन् भन्ने सैद्धान्तिक परम्परा रहिआएको छ । यो कुरा स्मृति पुराणका वचनहरूमा नै पनि उल्लिखित पाइन्छ । वैष्णव-शैव-शाक्त-सौर-गाणपत्यादि आगमहरूले पनि आफ्नो महत्त्व देखाउन आफूलाई वेदमूलक भन्ने दावा गरेका छन् । यसबाट शास्त्रका रूपमा वेदको अद्वितीय स्थान रहेको कुरा स्पष्ट हुन्छ ।शास्त्रको यस प्रकारको महत्त्व हुनाले भारतवर्षनवासी जनताको मनमस्तिष्कमा शास्त्रप्रति हजारौं वर्षेखि चलिआएको एउटा उद्बुद्ध वा सुषुप्त गम्भीर आस्था छ । त्यसको लङ्घन हँुदा आप\mना कुरामा पत्यार पर्दैन भनेर अहिले पनि मानिसहरूले आफूले भनेका कुराहरू वेदादिशास्त्रसम्मत छन् भन्ने देखाउन प्रयास गर्ने गरेको पाइन्छ । कतिपय व्यक्ति त वर्ण्ााश्रम धर्मका सोझै विपरीत हुन्ो आप\mना कुरा पनि वेदबाट समर्थित छन् भन्ने देखाउन पनि पछि परेका छैनन् । उपर्युक्त कुराबाट वेद र तदनुसारी शास्त्र भनेको सारै प्रभावकारी, समाजको स्थायित्वका लागि अति आवश्यक तथा व्यक्तिको ऐहलौकिक र पारलौकिक कल्याण गर्ने मार्ग देखाउने तत्त्व रहेछ भन्ने बुझिन्छ । वेदशास्त्र नै शासक-धनि-बलिहरूमा नैतिक दबाब दिन र तिनलाई सन्मार्ग देखाउन र्समर्थ छ । त्यसैले वेदको प्रामाण्यको रक्षा गरी लोककल्याणको मार्ग सुरक्षित गर्न ठूलाठूला विद्वान्हरूले विशेष प्रयास गरेको पाइन्छ ।
वेदाङ्गको महत्त्व
वेदको अर्थ गर्न ऋषहरूले शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष यी ६ वेदाङ्ग रचेका छन् । वेदाङ्गको रचना वेदमा छरिएर रहेका सामग्रीबाटै गरिएको हो भन्ने कुरा पनि विभिन्न विद्वान्हरूले व्याख्या गरेको पाइन्छ । साथै यी वेदाङ्गशास्त्रको पनि नित्यब्रह्मयज्ञमा अध्ययन गरिने हुँदा यिनको धर्मका क्षेत्रमा विशिष्ट प्रमाण्य हुने कुरा लौगाक्षिस्मृतिमा  स्मृतिसर्न्दर्भ, षष्ठभाग, २०१३, पृ. २७५-२७६) बताइएको पनि छ । वाक्यपदीयकार भर्तृहरिले “अनादिमव्यवच्छिन्नां श्रुतिमाहुर्रकर्तृकाम् । शिष्टैर् निबध्यमाना च न व्यवच्छिद्यते स्मृतिः।।”  १।१४४) भनेर वेदाङ्गस्मृतिको अनाद्यनवच्छिन्न मूल मानेका छन् । त्यसैले लौगाक्षिस्मृतिमा वेद र वेदाङ्ग तथा धर्ममीमांसा-ब्रह्ममीमांसा यी शास्त्रलाई अलङ्घनीय शास्त्र भनेर विशेष स्पष्ट हुने गरी भनिएको पनि पाइन्छ ।  वेदका विविध शाखाहरुका साथै वेदाङ्गशास्त्र र उपाङ्गशास्त्रको पनि अन्यत्र दर्ुलभ विशेष परिचय वैदिक धर्म मूल रूपमा भन्ने ग्रन्थका द्वितीय संस्करण, २०६२ मा उपलब्ध छ) ।
विद्वान्हरूका निमित्त शास्त्रधर्मको व्यवस्थित मार्ग वेदले र तदनुसारि वेदाङ्ग, स्मृति, पुराणहरूले देखाएका छन् । साधारण लोकको धारणा र विद्वान्हरूको धारणामा फरक पर्न सक्छ । त्यसैले केवल सादि प्रचलनलाई हेरेर धर्मको व्याख्या गर्नु उचित हँुदैन । त्यसैले अनादि शास्त्रलाई नै आधार मान्ने सिद्धान्त वैदिक सनातन परम्परामा रहेको हो ।
वेदाङ्गहरूमा ज्योतिष कालको निरूपण गर्ने शास्त्र हो । मूल ज्योतिषशास्त्रग्रन्थ ऋग्वेदीहरूका र यजर्ुर्वेदीहरूका परम्पराबाट आएका आर्चज्योतिष याजुषज्योतिष भन्ने वेदाङ्गज्योतिषग्रन्थ प्राप्त छन् ।
उक्त ग्रन्थहरूको रचना ३४ सय वर्षति अघि भएको मानिएको छ  द्र. भारतीय ज्योतिष, शङ्कर बालकृष्ण दीक्षित, सन् १९७५, पृ. १२२)। तर्सथ यी ग्रन्थ विक्रमाब्दका छैटो शतकपछिका आर्यभटीय, पञ्चसिद्धान्तिका, बृहत्संहिता, ब्राह्मस्फुटसिद्धान्त, खण्डखाद्यक, भास्वती, र्सर्ूयसिद्धान्त, सिद्धान्तशिरोमणि, ग्रहलाघव, मुहर्ूतमार्तण्ड, मुहर्ूतचिन्तामणि इत्यादि भन्दा सारै नै धेरै प्राचीन देखिन्छन् र वैदिक परम्परामा परमप्रामाणिक हुन् ।
ज्योतिषीहरूले आर्यभटीय, ब्राह्मस्फुटसिद्धान्त, र्सर्ूयसिद्धान्त इत्यादिलाई ठूला र ज्योतिषका प्रमुख ग्रन्थ माने पनि वैदिकहरू आर्चज्योतिष-याजुषज्योतिषग्रन्थहरूलाई नै मूल वेदाङ्गज्योतिष ग्रन्थ मान्छन् ।
स्वाद्ध्यायशालाकुटुम्बलेे शिक्षा, कल्प इत्यादि छओटै वेदाङ्गहरूले सहित वेदको अध्ययन गर्ने र श्रौत कृत्यहरूका लागि र गृह्यकृत्यहरुका लागि आवश्यक कालव्यवस्था मूल वेदाङ्गज्योतिषग्रन्थका आधारमा बुझने उद्देश्यले वेदमन्त्रसंहिता, ब्राह्मणग्रन्थ, श्रौतसूत्र, गृह्यसूत्र इत्यादि धेरै ग्रन्थहरूको गम्भीर अनुसन्धान गरी तिनका समेत आधारमा वेदाङ्गज्योतिषग्रन्थको तार्त्पर्यविषयभूत मूल वैदिक काल गणनापद्धति बुभ\mने प्रयास गरेको छ । त्यसको प्रतिपादन वैदिकमन्त्रसङ्ग्रहमा  पृ.१३७) गरिसकिएको छ  २०५२ वै.)।
नेपाली ज्योतिषीहरूले मात्र हैन, र्सवानन्दकरण बनाउने गोविन्द आप्टे, वेङ्कटेश बापूजी केतकर, सुधाकर द्विवेदी, शङ्करबालकृष्ण दीक्षित, बालगङ्गाधर तिलक, भारतीय पञ्चाङ्गसुधारसमितिका अध्यक्ष प्रसिद्ध वैज्ञानिक मेघनाद साहा, सदस्यसचिव प्रसिद्ध ज्योतिषी निर्मलचन्द्र लाहिडी समेतका आधुनिक भारतीय ज्योतिषखगोलविद् तथा जी.थिबो, अर्ल्बर्ट वेबर इत्यादि पश्चिमी अनुसन्धाताहरूले पनि ठीक प्रकारले बुझन नसकिराखेको वेदाङ्गज्योतिषोक्त वैदिक कालगणनापद्धतिको मूल प्रक्रिया पत्ता लगाई त्यसको पुनर्जागरण गर्ने काम नेपालबाट भएको छ । यो सबै नेपालीहरूका लागि गौरवको विषय हुन आएको छ । काठमाण्डुबाट प्रकाशित हुने आकाशदर्शनपञ्चाङ्गमा यस पद्धतिको २०६० संवत्देखि सङ्क्षिप्त रूपमा समावेश गर्न थालिएको छ ।
वैदिक कालज्ञानको आवश्यकता
लगधमुनिले वेदअनुसार वेदाङ्गज्योतिषमा बताएका वैदिक संवत्सर, अयन, ऋतु, मास, अधिकमास इत्यादि शासकीय पञ्चाङ्गनिर्ण्ाायकसमितिबाट स्वीकृत अवैदिक र्सर्ूयसिद्धान्तादिमूलक चल्तिका पात्रामा लेखिएका संवत्सर, अयन, ऋतु, मास इत्यादिभन्दा फरक छन् । वैदिक संवत्सर-परिवत्सरादिसित टम्म मिलेर चल्ने प्रभव-विभवादि षष्टिसंवत्सर चान्द्र हुन् भने चल्तिका पात्राका प्रभव-विभवादि षष्टिसंवत्सर बार्हस्पत्य हुन् । वेदाङ्ग-ज्योतिषअनुसार दक्षिणायन लागिसक्ता पनि चल्तीका पात्रामा उत्तरायण नै मानिएको हुन्छ, उत्तरायण लागिसक्ता पनि दक्षिणायन नै मानिएको हुन्छ । ग्रीष्मऋतु लागि सक्ता पनि वसन्त ऋतु नै मानिएको हुन्छ । वैदिक चान्द्र मैनाहरु अमान्त हुन् भने चल्तीका पात्रामा लेखिएका चान्द्र मैनाहरु पूणिर्मान्त छन् । श्रौत-स्मार्त धर्मकर्मका लागि अमान्त मास नै ग्राह्य हुन् । पूणिर्मान्त चान्द्र मास त शासकादिका लौकिक व्यवहारका लागि हुन् । तर्सथ वैदिक चान्द्रमासमा र चल्तीका पात्राका चान्द्रमासमा धेरै नै फरक पर्न जान्छ । शुक्लपक्षमा सधैं एक मास र अधिकमासका भेदले कहिले त दुइ माससम्म पनि फरक पर्न जान्छ । तपोमास  वैदिक चान्द्र माघमास) को शुक्लपक्ष लागिसक्ता पनि पञ्चाङ्ग निर्ण्ाायक समितिले स्वीकृत गरेका पात्रामा कहिले मार्गशर्ीष्ाशुक्लपक्ष भन्ने र कहिले पौषशुक्लपक्ष भन्ने लेखिएको हुन्छ । यसरी मासमा  महिनामा) धेरै नै फरक पर्न जान्छ । वैदिक अधिकमास चल्तीका पात्राका अधिकमासभन्दा अत्यन्तै फरक छन् । तर्सथ वैदिक श्रौत-स्मार्त धर्मकर्मका लागि वेदोक्त कालको निरूपण गर्न र सङ्कल्पमा कालको उल्लेख गर्न पनि मूल वैदिक शास्त्रव्यवस्थासित नमिल्ने चल्तीका पात्राको पद्धतिको अनुसरण गर्न हुँदैन । नेपालमा अत्यधिक मात्रामा रहेका माध्यन्दिनीय-वाजसनेयि-शुक्लजर्ुर्वेद-शाखाध्यायि ब्राह्मणहरूका र तिनका शिष्ययजमानहरूका विवाह-व्रतबन्धादि कृत्य यथासम्भव पारस्करगृह्यसूत्रका विधानअनुसार नै हुन पर्ने र पारस्करगृह्यसूत्रमा “उदगयन आपर्ूयमाणपक्षे पुण्याहे कुमार्याः पाणिं गृह्णीयात्”  १।४।५) भन्ने वचन हुनाले विवाह वेदाङ्गज्योतिषादि वैदिक ग्रन्थअनुसारको उत्तरायणमा मात्र हुन पर्नेमा दक्षिणायनमा निरयण वृश्चिकमासमा  मङ्सिरमा) र वेदाङ्गज्योतिषादि वैदिक ग्रन्थअनुसार दक्षिणायन लागि सकेपछि निरयण मिथुनमासमा  असारमा) पनि विवाहलग्न दिने, शुक्लपक्षमा नै विवाह हुन पर्नेमा कृष्णपक्षमा पनि विवाहलग्न दिने तथा पारस्करगृह्यसूत्रमा “अथैनां र्सर्ूयमुदीक्षयति तच् चक्क्षुरिति”  १।८।७) भन्ने वचन भएकाले विवाहकर्मका बीचमा नै वधूलाई र्सर्ूयदर्शन गराउन पर्ने हुँदा दिनमा नै विवाह हुन पर्नेमा रातमा पनि विवाहलग्न दिने, वैदिक शास्त्रव्यवस्थाको भरपर्दो ज्ञान नभएको कुरा आप\mना कामबाट व्यक्त गर्ने गणक-निर्ण्ाायकहरुले शासकीय बलका भरमा निर्णर्ीत गरेका पात्राहरू श्रौतस्मार्तकर्मका कालका निरूपणका लागि र तिनका सङ्कल्पमा कालको उल्लेख गर्नका लागि पनि र्सवथा अनुसरणीय हुँदैनन् । तर्सथ तिनका भरमा मात्र श्रौत-स्मार्त कर्मका संवत्सर-अयन-ऋतु-मास-अधिकमासादि कालको निर्ण्र्ाागर्न हुँदैन । जिज्ञासुहरूले वेदाङ्गज्योतिषमा बताइएको मूल वैदिक कालगणना-सिद्धान्त राम्ररी बुझेमा चल्तीका पात्राको वा दृक्सिद्ध-पञ्चाङ्गको सहायता लिएर पनि श्रौत-स्मार्तकर्मका लागि संवत्सर-अयन-ऋतु-मास-अधिमासादिको ज्ञान गर्न सक्छन् । चल्तीकै छापा पात्राका पक्षपक्षका पाताहरूका शिरहरूमा वैदिक युग-संवत्सर-अयन-ऋतु-मास-पक्षहरू लेख्ने र पृष्ठका बायाँ पात्राका तिथिका सोजासोजिमा किनारामा वैदिक तिथिका अङ्क लेख्ने गरेर चल्तीका पात्राको प्रयोग पनि गर्न सक्छन् । वैदिक धर्मका र मोक्षका विषयमा उपनयनपर्ूवक वैध रूपमा अध्ययन गरिने वेद-वेदाङ्गग्रन्थहरू नै मूल रूपमा प्रमाण मानिन्छन् । तर्सथ लगधमुन्रि्रोक्त “पञ्चसंवत्सरमयम्” इत्यादि वेदाङ्गज्योतिषग्रन्थका प्रतिकूल निर्ण्र्ाापनि दिने र्सर्ूयसिद्धान्त, सिद्धान्तशिरोमणि, मुहर्ूतचिन्तामणि, खण्डखाद्यक, भास्वती इत्यादि ग्रन्थ श्रौत-स्मार्त धर्मकर्मका लागि गरिने संवत्सर-अयन-ऋतु-मास-अधिकमास-पक्ष-तिथिहरूका गणनामा र्सवथा प्रमाण हुदैनन् । यस विषयमा स्वाध्यायशालाकुटुम्बले वाराणसीको चौखम्बाविद्याभवनबाट प्रकाशित गराएको -२००५ क्रै.) वेदाङ्गज्योतिषको कौण्डिन्न्यायनव्याख्यानका भूमिकामा विस्तृत रूपमा स्पष्टीकरण गरिएको छ । वेद-वेदाङ्ग शास्त्रमा र तिनमा प्रतिपादित धर्ममा श्रद्धा-आस्था भएका विज्ञहरूले यस विषयमा राम्ररी ध्यान दिनु र कुनै विमति वा शङ्का भए खुला रूपमा लिखित छलफल गर्नु आवश्यक हुन आएको छ ।
वेदोक्त अधिकमासको व्याख्या वेदाङ्गज्योतिषमा “द्व्यूनं द्विषष्टिभागेन” इत्यादि श्लोकमा -श्लो.३७) गरिएको छ । वैदिक अधिकमास -मलमास) आषाढमा  वा पौषमा मात्र पर्छ । त्यो अधिकमास उदगयनका वा दक्षिणायनका अन्त्यमा अयनको सातौ अमान्त चान्द्रमासका रूपमा रहन्छ । वैदिक अधिकमास वेदाङ्गज्योतिषको “र्घमवृद्धिरपां प्रस्थः” इत्यादि वचन -श्लो.८) बाट समेत सिद्ध हुने दृक्सिद्ध सौर अयनका आधारमा निश्चित हुन्छ । त्यसको स्पष्टीकरण गर्दा कृष्णपक्षका दशमीमा वा त्योभन्दा परको तिथिमा सौर दक्षिणायनको वा उत्तरायणको आरम्भ हुने दिन परेमा त्यस अमान्त -शुक्ल प्रतिपदामा सुरु भई औंसीमा पूरा हुने)  मासलाई अधिकमास मानिन्छ । यही महिना अयनको -उदगयनको अथवा दक्षिणायनको) सातौं महिना हुन्छ र ऋतुको -ग्रीष्म ऋतुको अथवा हेमन्त ऋतुको) तेस्रो महिना हुन्छ । यस परिभाषाअनुसार कहिले साढे दुइ वर्षा र कहिले तीन वर्षा अधिकमास पर्छ । वेदाङ्गज्योतिषको अधिकमास परिभाषाको यस्तो स्पष्टीकरण राष्ट्रिय अभिलेखालयमा सङ्गृहीत रत्नकरण्डिका नामको स्मृतिसङ्ग्रहग्रन्थमा फेला परेको छ र यसको र्सवप्रथम प्रकाशन सन् २००५मा वेदाङ्गज्योतिषको कौण्डिन्न्यायन व्याख्यानमा भएको छ ।
अयनका अन्तमा मात्र अधिकमास मान्ने यसै वैदिक सिद्धान्तअनुसार नेपालमा विक्रमका छैटो शताब्दीदेखि सोह्रांै शताब्दीसम्म अभिलेखहरूमा आषाढमा र पौषमा मात्र अधिकमास मानिएका प्रमाण पाइन्छन् । उदाहरणका लागि लिच्छविकालमा पौषमा अधिकमास परेको उल्लेख वि.सं. ५६९ को पाइएको छ । त्यसपछि लगभग १००० वर्षम्म आषाढ र पौषमा मात्र अधिकमास मानेका उल्लेखहरू पाइन्छन् । लिच्छविकालका पहिला थरि ४३५ र ५१९ संवत्हरूमा तथा पछिल्ला थरि ३१ र ३४ संवत्हरूमा पौषमा अधिकमास परेको उल्लेख पाइन्छ । नेपालसंवत् ५४७ -वि.सं १४८३) तथा ५५५ -वि.सं १४९१) मा पनि पौषमा अधिकमास परेको इतिहास पाइन्छ । नेपालसंवत् ५९८ -वि.सं १५३५), ६०१ -वि.सं १५३८) हरूमा तीन वर्षा अन्तरमा आषाढमा अधिकमास परेको इतिहास देखिन्छ । ६०४ नेपाल संवत्मा -वि.सं १५४०मा) पुसमा अधिकमास प्राप्त हुन्छ । ६५२ र ६५५ नेपाल संवत्मा -वि.सं १५८९ र १५९२) पनि तीन वर्षो अन्तरमा आषाढमा नै अधिकमास परेको इतिहास पाइन्छ । सिद्धान्तशिरोमणिको रचना भएको ३-४ सय वर्षम्म पनि असङ्क्रन्तिमास-  शुक्ल प्रतिपदादेखि औंसीसम्मको कुनै तिथिमा पनि सौर सङ्क्रान्ति नपरेको -चान्द्र महिना)लाई अधिकमास मान्ने कुरा काठमाडौं उपत्यकामा अज्ञात नै रहेको देखिन्छ । वेद-वेदाङ्गमा नभएका मेष-वृष इत्यादि राशिका आधारमा सिद्धान्तशिरोमणि इत्यादि अर्वाचीन ग्रन्थमा मानिएको सौर सङ्क्रान्ति नपरेको शुक्लपक्षप्रतिपदादेखि कृष्णपक्ष-अमावास्यासम्मको चान्द्रमास अधिकमास
-मलमास) हुन्छ भन्ने -असङ्क्रान्तिमासोद्रधिमासः स्फुटं स्यात्) इत्यादि विदेशी मूलका विचारका आधारमा चलेका अर्वाचीन परिभाषा वैदिक सनातन वर्ण्ााश्रम धर्ममा मान्य हँुदैनन् । वैदिक धर्ममा अनादि अनपभ्रष्ट परम्पराबाट आएका कुरा मात्र मान्य हुन्छन् । आधुनिक पञ्चाङ्गकार-पञ्चाङ्गनिर्ण्ाायकहरू ग्रन्थको प्रामाणिकत्व-अप्रामाणिकत्वका र तिनका रचनाकालका तथा तिनमा प्रतिपादित विषयको ग्राह्यत्वाग्राह्यत्वका विषयमा विवेक पुर्‍याउन नसक्ने हुन गएका देखिन्छन् ।
नेपालमा सोह्रौं सत्रौं शताब्दीतिर कसैले अयनका अन्त्यमा मात्र मानिने वैदिक अधिकमास मान्दै गरेको र कसैैले नवीन राशिपरिभाषाको अधिकमास मान्न थालेको पाइन्छ । मत्स्येन्द्रनाथको रथजात्रा इत्यादि व्यवहारमा भने अहिलेसम्म पनि काठमाडौं उपत्यकामा आषाढ र पौषमा मात्र अधिकमास पर्ने सिद्धान्त नै मानिने गरेको बुझिएको छ ।
नयाँ परिभाषाअनुसार नै यस वर्षज्येष्ठमा नेपाल-भारतका पात्राहरूमा अधिकमास मान्ने कुरा प्रकाशित गरिएको छ । तर वैदिक परम्परामा अनादि परम्पराबाट आएका कुरालाई मात्र धर्म मान्ने सिद्धान्त हँुदा हिजोअस्ति देखिमात्र चलेको यो अधिकमाससम्बन्धी धारणा अत्यन्त नै चिन्त्य छ । साथै यो अधिकमास वेदाङ्गज्योतिषको अधिकमास जस्तो महिनाको पछाडि थपिन नआएर शुद्धज्येष्ठकृष्ण र शुद्धज्येष्ठशुक्लका बीचमा अधिकज्येष्ठशुक्ल र अधिकज्येष्ठकृष्णका रूपमा कोचिन आएको छ । वेदाङ्गज्योतिषअनुसार त गत वर्षजेठ १३ गतेदेखि असार ११ गतेसम्म अधिकमास परेको थियो, यस वर्षअधिकमास परेको छैन ।
पछि आएर भने अनादि वैदिक परम्परालाई छोडी वि. सं. १२०७ मा रचिएको सिद्धान्तशिरोमणिमा “असङ्क्रान्तिमासोधिमासः” भनी उल्लिखित परिभाषाअनुसार फाल्गुन, चैत्र, वैशाख, ज्येष्ठ, श्रावण इत्यादि महिनाहरूमा पनि अधिकमास मान्ने चलन चल्न गएको देखिन्छ र यस वर्ष२०६४ मा ज्येष्ठमा अधिकमास परेको भनी नेपाल-भारतका पात्राहरूमा उल्लेख गरिएको छ ।
वैदिक कालगणना-सिद्धान्तानुसार क्षयमास पर्दैपर्दैन । राशिसङ्क्रन्तिसित सम्बद्ध मासपरिभाषा मान्दा मात्र क्षयमासको प्रसङ्ग आउँछ । तर वैदिक परम्परामा राशिसङ्क्रान्तिका आधारमा नभै दृक्सिद्ध सौर उत्तरायणारम्भका र दक्षिणायनारम्भका आधारमा अधिकमास मान्ने व्यवस्था रहेको छ । काठमाण्डु उपत्यकामा प्राप्त प्राचीनकालदेखि मध्यकालका सोरौँ शताब्दीसम्मका लेखहरूमा पनि क्षयमासको उल्लेख पाइँदैन । तिनमा अर्वाचीन ज्योतिषग्रन्थअनुसार दुइ वटा अधिकमास र क्षयमास पर्ने भनिएको वर्षपनि क्षयमास नमानी आषाढमा वा पौषमा नै एउटा मात्र अधिकमास मानिएको पाइन्छ ।
पतिगृहमा विवाहदेखि पछिको पहिलो आषाढमा बस्ता वधूले सासू पिर्ने, पहिलो क्षयमासमा बस्ता आप\mनै शरीरलाइ पीडा गर्ने, पहिलो जेठमा बस्ता जेठाजु पिर्ने, पैलो पुसमा बस्ता ससुरालाई पिर्ने, पहिलो अधिकमासमा बस्ता पतिलाई पिर्ने, पहिलो चैतमा पितृगृहमा बस्ता आप\mनै बाउलाई पिर्ने र सासू इत्यादि नभएमा आषाढ इत्यादिमा पतिगृहादिमा बस्ता पनि डर नहुने भन्ने कुरा मुहर्ूतमार्तण्डादिका “उद्वाहात् प्रथमे शुचौ” इत्यादि श्लोकहरूमा पाइन्छ । मुहर्ूतमार्तण्डको १६२८ संवत्मा र मुहर्ूतचिन्तामणिको १६५७ संवत्मा रचना भएको हो । उक्त कुराको प्रतिपादन गर्ने अरु सबै ग्रन्थ यी ग्रन्थभन्दा पछिका देखिन्छन् । अधिकमासलाई सामान्यतया निन्द्य काल मानिएको कुरा ऐतिरेय्रि्राह्मण बाट  ३।१Ö१।१२) बुझिन्छ तापनि वेद, वेदाङ्ग, मनुस्मृति, याज्ञवल्क्यस्मृति इत्यादि प्राचीन ग्रन्थहरूमा मलमासका उक्त विधिनिषेधका कुरा भने देखिँदैनन् ।
उक्त पर्रि्रेक्ष्यमा वेद-वेदाङ्ग-स्मृति-पुराणादि शास्त्रमा आस्था भएका यथाशक्ति तदनुसार धर्मकर्म गर्न चाहने श्रद्धालुहरुले वैदिक कालगणनासिद्धान्तको ज्ञान गर्न अत्यावश्यक देखिन्छ ।

 

अहिलेसम्ममा Number of visitors


पटक हिट भयो,भिजिट गर्ने सबैसाथीहरुलाई हार्दिक धन्यवाद।

अनलाइनमा हुनुहुन्छ...
Number of online users in last 3 minutes
vacation rentals