उत्सुकको सञ्जाल :: Utsuk’s Blog Portal :: katha Sanjaal of Utsuk
उत्सुकको सञ्जालमा तपाईलाई हार्दिक स्वागत

 मुख्य पेज   कविताहरु   नेपाली भिडीयोहरु  साथीका सञ्जालहरु नेपाली पत्रपत्रिकाहरु रेडीयो टेलिभिजन उपयोगी लिङ्कहरु कथा फोटो एल्बम
गोरखापत्र कान्तिपुर अन्नपूर्ण पोष्ट राजधानी चलचित्रहरु महानगर खोजतलास स्पेस टाइम्स् द हिमालयन टाइम्स् दकाठमाण्डौं पोष्ट

you are wel come to my story page.

 

 

 

 

तपाईलाई मेरो कथा पृष्ठमा स्वगत छ।

 

यो मेरो नितान्त व्यक्तिगत तथा वास्तविक कथा हो, यसमा काल्पनिकताको कुनै गन्ध छैन । यदि कसैलाई काल्पनिक लागेमा त्यो संयोग मात्र हुनेछ ।

माओबादी छापामार र जनमिलीसीया सँग मेरो केही समय........

- टिकाराम गौतम "उत्सुक"

मलाई "माओबादी" भन्ने शब्द सुन्दै आङ सिरिङ्ग हुन्थ्यो त्यसबेला, जुनबेला म कास्की जिल्लाको धिताल गा. वि. स. स्थित वराह मा.वि. को विद्यार्थी थिएँ र भर्खर कक्षा आठमा प्रवेश गरेको थिएँ क्यारे,... एक दिन बिहानको प्रार्थना सभा सकिएर कक्षामा प्रवेस गर्दै गर्दा एकजना साथीले भन्यो- "हिजो साँझ हाम्रो गाउँमा माओबादी आएका थिए, शायद आज हाम्रो स्कुलमा आउँछन् होला, त्यस्तै कुरा गर्दैथिए..."

उसको कुरा सुन्ने बित्तीकै मेरो मनमा उत्सुकता र त्रास एकैचोटी देखा परे । माओबादीले प्रहरी मारे रे भन्ने खबर रेडियोमा एदाकदा सुन्ने बाहेक स्पष्ट रुपमा माओबादी को हुन् र कस्ता हुन्छन् भन्ने कुरा मलाई थाहा थिएन त्यसैले मलाई त्यो दिन प्रत्यक्ष रुपमा माओबादीलाई देख्न पाईने भो भन्ने एक किसिमको उत्सुकता त नपलाएको हैन तर त्रास यर्सथमा कि यदाकदा विद्यालय विद्यालयमा पुगेर माओवादीले विद्यार्थी अपहरण गर्छन् रे भन्ने पनि सुनेको थिएँ ।नभन्दै पहिलो पिरियडको पर्ढाई समाप्त हुँदा नहुँदै हाम्रो कक्षामा पनि तिन चार जना अपरिचीत अनुहारहरुको प्रवेस भयो, उनिहरुका थरबिनाका तर अगाडी

"कमरेड" प्रयोग गरिएका डरलाग्दा नाम अनि कानसम्म उर्ठाईएका कसीला मुठीसहितको परिचय कार्यक्रमको क्रममा थाहा लाग्यो कि उनिहरु पनि हामीजस्तै विद्यार्थी रहेछन्, अन्याय र अत्याचारको विरुद्ध क्रान्तिमा लागेका । उनिहरु मध्येका एकजनाले भनेको वाक्य जस्ताको तस्तै याद छ मलाई, भन्थे - "हामी माओबादी हैनौँ तर माओबादी साथीहरुलाई नैतिक रुपमा र्समर्थन गछौँ ।" मलाई लाग्यो, "उनिहरु माओबादी रहेनछन्, तर केबल र्समर्थक मात्रै.....तर साँच्चैका माओबादीचाहिँ डरलाग्दा नै हुन्छन् होला ।"त्यसपछिका दिनहरुमा उनिहरुको आगमनले निरन्तरता पाउन थाल्यो, तर पटकैपिच्छे नयाँ नयाँ अनुहार पनि देख्ािन्थे । केही समय पछिका दिनहरुमा विद्यालयको पर्खाल रंगीबिरंगी पोस्टर र नाराहरुले सिंगारीन लाग्यो । उनिहरु जुन दिन हाम्रो विद्यालयमा आउँथे त्यो दिन हाम्ाीले श्री मान गम्भिर नेपाली...बाट शुरु हुने राष्ट्रिय गान गाउन त पाईने थिएन नै, साथै ज्ञात अज्ञात शहिदको नाममा एक मिनेट मौन धारण पनि गर्नु पथ्र्यो ।

मेरै कक्षाका दुइजना साथीहरु...

 

राजनीतिको बारेमा मलाई त्यति थाहा त थिएन तरपनि सानैदेखी रुची नभएको चाहिँ हैन तर हतियारै समाउने राजनीतिमा लागीहाल्न चाहिँ म डराएँ । त्यसैमाथी म बुवाको कडा निगरानीमा थिएँ, मलाई याद छ, यसै क्रममा मेरै कक्षामा सँगै पढ्ने दुइजना साथीहरुले -राजु गौतम र मोहन दवाडी) भने कमरेड उपाधि पाएर रुकुम रोल्पा भ्रमणमा समेत सामेल भईसकेका थिए ।

दस दिनको रुकुम रोल्पा भ्रमणपछि साथीहरु राजु र मोहन पुनः विद्यालयमा आए , धेरैकुरा सिकेछन्, धेरैकुरा बोल्न जान्ने पनि भएछन् ...तर किन किन त्यसपछि ती दर्ुइजनासँग विद्यालयका सबैजना अलि डराउन थाले... एकदिन जनकलाकारहरुद्वारा विद्यालय नजिकैको बजारमा प्रस्तुत गीत र नृत्य मलाई यति मन परेको थियो कि म कहिल्यै भुल्न सक्दिन । शायद पहिलो पल्ट त्यति सुन्दर नृत्य देखेर पनि होला । त्यसपछि मलाई माओबादिका मान्छे बोल्नमा मात्रै हैन नाच्न गाउनमा पनि सिपालु हुने रहेछन् जस्तो लागेको थियो ।

कक्षा दशमा पुग्दा नपुग्दै मोहन पर्ढाई त्यागेर साँच्चै "कमरेड" बन्न गए, तर राजुलाई भने एस. एल. सी. परिक्षाको अन्तिम दिनसम्म पनि भेटेको थिएँ, पछि भेट भएन, एकपटक सुनेको थिएँ, "उनि बन्दुक हैन बेल्चा चलाउन खाडीतिर लागे रे.."

कलेजका क्रान्तिकारी.....

२०५७ साल, मेरो कलेज यात्राको प्रथम वर्ष। पृथ्वीनारायण क्याम्पस विद्यार्थी संख्याको आधारमा पश्चिमाञ्चलको सबैभन्दा ठूलो क्याम्पस मात्र हैन सबैभन्दा बढि राजनेता उत्पादन गर्ने क्याम्पसमा पनि चर्चित थियो । मैले क्याम्पसको प्रवेशसँगै थुप्रै मिल्ने साथीहरु पनि पाएको थिएँ, जसमध्ये मेरो एकजना मिल्ने साथी थियो अनिल पौडेल । पर्वत ठुलीपोखरीदेखी भविष्य निर्माणको सपना बोकेर पोखरा झरेको अनिलको उल्लेखनिय व्यक्तित्व थियो, जतिखेरपनि हाँसेर बोल्नु त छँदैछ, मेहनती, कर्तव्यनिष्ठ पनि थियो । मान्छे सोझो भएपनि नेतृत्व क्षमता भने उसमा प्रचुर थियो । यसैले पनि होला सायद उ पनि राजनीतितर्फचाँडै नजिकियो । म आफैलाई पनि क्याम्पस प्रवेससंगै राजनैतिक कृयाकलापमा पनि नजानिँदो रुपमा संलग्न हुन पुगेको आभास भईरहेको थियो । त्यो वर्षस्व. वि.यु. निर्वाचनको वर्षपनि थियो, त्यसैले पनि मलाई मात्र हैन सारा कलेजको वातावरण नै राजनितीमय भएको अवस्थामा म मात्र कसरी अछुतो हुन सक्थेँ र - एमाले समर्थित अनेरास्ववियुले सुरुका दिनदेखी नै पकड जमाएको क्याम्पस रहेछ पि.एन. क्याम्पस, विस्तार विस्तार अनिल र म पनि एमाले समर्थित अखिलका कार्यक्रमतिर सहभागी हुन थाल्यौँ । पहिले देखीनै म स्व. क. मदन भन्डारीको व्यक्तित्व अनि नयाँ नेपालको लागी जनताको बहुदलिय जनबादको विचारधाराबाट एकदमै प्रभावित थिएँ, त्यस्तै स्व. क. मनमोहन अधिकारी पनि मेरा प्रिय नेता हुनुहुन्थ्यो, हुन सक्छ म एमाले अखिलतर्फनजिकिनुको एउटा कारण त्यो पनि थियो । कलेजमा चाहिँ मलाई अति नै मन परेको विद्यार्थी नेता हुनुहुन्थ्यो प्रकास न्यौपाने खासमा वहाँको वाकपटुतायुक्त भाषणशैली । जब कुनै राजनैतिक सभामा वहाँको बोल्ने क्रम आउँथ्यो, तब म मन्त्रमुग्ध भएर वहाँको "भाषण" सुन्न पुग्थें । मेरा त्यतिबेलाका राजनितीक साथीहरु थिए..नारायण गीरी, रस्मि आचार्य, अनिल पौडेल आदी.....नारायण गीरी तथा रस्मि आचार्य त निर्वाचनमा स्व. वि. यु. सदस्यको उम्मेदवार समेत हुने मौका पाए । चुनावको मिती नजिकीदै गर्दा मेरा प्ा्रिय विद्यार्थीनेता प्रकाश न्यौपानेको प्रेस विज्ञप्ती आयो । विज्ञप्तीमा वहाँले एमाले अखिलभित्रको खिचातानीको विरोध गर्दै आफुले पनि समूह परित्याग गरी अनेरास्ववियु -क्रान्तिकारी) मा प्रवेश गरेको घोषणा गर्नुभएको थियो । त्यसको भोलिपल्ट अनेरास्ववियु -क्रान्तिकारी) ले पनि विज्ञप्ती प्रकाशित गरी वहाँलाई स्वागत गर्‍यो । यो अवस्थामा म दोधार हुँदैगर्दा पनि आफ्ना प्रिय नेताको प्रवेशसँगै अनेरास्ववियु -क्रान्तिकारी) तर्फनजिकिन पुगेँ । हुनत म जुन संगठनमा रहेपनि पर्ढाईनै छाडेर अनि दिलो ज्यानै दिएर राजनीतिमा लाग्नेवाला त म थिईन, तैपनि आश्थाको मात्र कुरा थियो । मलाई लाग्थ्यो म जन्मजातै कम्युनिष्ट हँु त्यसैले अरु जे भएपनि गैर कम्युनिष्ट चाहिँ हुन्न । त्यसपछि मेरा पुराना साथीहरु म सँग टाढा हुने र नयाँ साथीहुरु नजिकिने क्रम बढ्न थाल्यो तर अनिललाई चाहिँ मैले क्रान्तिकारीमा नै लाग्न आग्रह गरेँ किनभने उ मेरो मिल्ने साथी थियो । हुनत उ मेरो साथी भएर पनि मेरो लागी संगठन छोड्न तयार त भएन तरपनि हाम्रो मित्रता भने प्रगाढ नै रहृयो, नयाँ साथीहरुमा प्रकास थापा, भविश्वर पराजुली -रामप्रसाद) विजय ढकाल आदी प्रभावसाली विद्यार्थी नेताहरुपनि हुनुहुन्थ्यो । विडम्वना केही दिनपछि पुनः प्रकास न्यौपानेजीको वक्तव्य आयो - जसअनुसार संगठन परित्याग गरी क्रान्किारीमा गएर वहाँले भुल गरेको र क्षमायाचना सहित पुनः पुरानो संगठनमा फर्किन चाहनुहुन्थ्यो । वहाँको यो वक्तव्यपछि वहाँ चारैतिरबाट आलोचित बन्नुपर्‍यो । तर मलाई भने फेरी एमाले अखिलमा र्फकन मन लागेन । हुनपनि म प्रकास न्यौपानेको अन्धभक्त भएकै कारण एमाले अखिल छाडेको चाहिँ पक्कै थिईन, एमाले अखिल भित्रका नाताबाद र कृपाबाद अनि अलिकती गाँठ हुने साथै मात्रृ पार्टर्ीी नेताको पहुँच हुने व्यक्ति मात्रै अगाडी आउने प्रथा मलाई पनि मन परेको थिएन । "विद्यार्थीहरु परिवर्तनका सम्बाहक मात्र हैनन्, ब्रि्रोहका बन्दुक पनि हुन् ।" भन्ने दृष्टान्तबाट अभ्रि्रेरित अनेरास्ववियु -क्रान्तिकारी)को अग्रगमनका लागी ब्रि्रोह र परिवर्तनका खातीर जस्तो मूल्य चुकाउनुपरेपनि आन्दोलनबाट बिचलित नहुने रणनीति नै मलाई सबैभन्दा मन परेको विषय थियो । चुनाव भयो मतगणनाको परिणामअनुसार एमाले अखिलको "जीत" भयो तरपनि अनेरास्ववियु -क्रान्तिकारी) को पक्षमा पनि अन्य समुहको तुलनामा निकै बढि मत खसेको थियो । विविध कारणबस मैले क्याम्पसको पर्ढाईलाई अल्पविराम दिनु पर्‍यो साथै विद्यार्थी राजनीतिबाट पनि । तरपनि अनिलसँग भने यदाकदा भेट भईरहन्थ्यो । पछिल्लो भेट विन्ध्यवासीनी मन्दिरनिर हँुदा उसँग सँगै बसेर खाजा खाई छुट्टीएको थिएँ ।

माओबादीको माया

केही समय पछि नै देशको राजनितीले नयाँ मोड लियो । राजदरबार हत्याकाण्डपछि झन स्थिती अर्कै भयो भने मुलुकमा संकटकाल लागेपछि त बयानै गरीसाध्यनै नहुने गरी तहस नहस भयो नेपालको स्थिती । माओबादीहरुलाई त खुल्ला राजनिती गर्न बन्द भयो नै र्सबसाधारणले पनि सास्ती खेप्नुपर्‍यो । तरपनि जनक्रान्तिको आगो त्यत्तिकै निभ्नेवाला त पक्कै थिएन । माओबादीद्धारा हाम्रो गा. वि. स. मा पनि भौतिक कारबाही भयो एकजनाको दुबै खुट्टा भाँचेर । भूमीगत जीवनका क्रान्तिकारी साथीहरुसँग मेरो त्यति भेट हुने अवसर पनि मिलेन । पर्ढाई पुरा गर्न पनि नसकेको अनि रोजगारी पनि नभेटेकोले म गाउँकै कुटो कोदालोमा दिन बिताईरहेको थिएँ । फलस्वरुप राजनैतिक समाचारमा चासो राखेपनि प्रत्यक्ष संलग्नताबाट चाहिँ ओझेल नै परेको थिएँ ।

२०६० सालको असोज महिनाको अन्त्यतिरको समय, बारीमा कोदो पाकेको थियो, बिहानको खाना खाईसकेपछि हामी बारीमा गयौँ । आमा कोदो टिप्दै हुनुहुन्थ्यो, म कोदोको नल काटीरहेको थिएँ । अकस्मात मैले बारीबाटै देखेँ हाम्रो घरको आँगनमा केही नौला अनि अपरिचित अनुहार । एकछिनपछि घरमा पुग्यौँ, त्यहाँ हाम्रै गा.वि.स. बाट ने. क. पा. माओबादीमा भूमीगत भएका राजेन्द्र गुरुङ्ग अनि अन्य ४ जना महिला जसमध्ये एउटी करीब १२ /१३ वर्षी जस्ती लाग्ने किसोरी, एउटी अधबैँसे महिला, एउटी अविवाहित जस्तै लाग्ने युवती अनि एउटी अर्कि महिला, -जसको साथमा एउटा बच्चो पनि थियो) थिए । पर्ूवपरिचित राजेन्द्र दाईलाई देख्ने बित्तिकै वहाँसँग आएका साथीहरु पनि माओबादी नै हुन् भन्ने त लाग्ोको थियो, पछि राजेन्द्र दाईले उनिहरु पनि माओबादी भएको जानकारी दिँदै सबैजना भोकै भएकोले खानपानको व्यबस्था गर्नुपर्‍यो भन्नुभएपछि झनै स्पष्ट भयो उनिहरु सबैजना माओबादी रहेछन् ।

क्रमशः........

 

अहिलेसम्ममा Number of visitors


पटक हिट भयो,भिजिट गर्ने सबैसाथीहरुलाई हार्दिक धन्यवाद।

अनलाइनमा हुनुहुन्छ...
Number of online users in last 3 minutes
vacation rentals